पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, चालक र छोरी घाइते

सुनसरी। सुनसरीको दुहबीमा दाउरा बोकेको पिकअप भ्यान दुर्घटना हुँदा एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा उत्तर इटहरीबाट दक्षिण विराटनगरतर्फ जाँदै गरेको प्र.२-०१-००१च ०२५१ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई सडकको बायाँ किनारमा रहेको फलामको रेलिङमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।

दुर्घटनामा नेपाल प्रहरी नारायणहिटी सुरक्षा गारद गुल्म काठमाडौँमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय प्रहरी सहायक निरीक्षक विरोध खतिवडाको मृत्यु भएको हो। उदयपुरको त्रियुगा नगरपालिका–८, राजाबास निवासी खतिवडाको टाउको, छाती र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई विराट टिचिङ अस्पताल, बूढीगंगामा लगिएको थियो, जहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, दुर्घटनामा पिकअप चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–६ निवासी ३८ वर्षीय सुरेश कार्कीको टाउको र छातीमा चोट लागेको छ। उनका १४ वर्षीया छोरी रोजिना कार्कीको चिउँडोमा चोट लागेको प्रहरीले जनाएको छ। दुबैको विराट टिचिङ अस्पताल, बूढीगंगामा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, चालक र छोरी घाइते

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, चालक र छोरी घाइते

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, चालक र छोरी घाइते

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, चालक र छोरी घाइते

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, चालक र छोरी घाइते

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

पिकअप दुर्घटनामा प्रहरी सहायक निरीक्षकको मृत्यु, चालक र छोरी घाइते

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.