रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्ट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले आज उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

प्रहरीले विष्टलाई झूटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै गत वैशाख १७ गते पक्राउ गरी हिरासतमा राखेको थियो। विष्टले स्वेच्छाले चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीमा पत्राचार गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो। पक्राउपछि आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा राखिएको थियो।

विष्टले लेखेको पत्रका आधारमा रेशम चौधरी पाँच घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए। शाखा अधिकृत विष्टको पत्रकै कारण चौधरी पक्राउ परेपछि सोही दिन हुने भनिएको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता घोषणा कार्यक्रमसमेत स्थगित भएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.