मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

नवलपरासी। नवलपरासीको रामग्राम नगरपालिका-१ स्थित सुनवल-परासी सडक खण्डमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक साइकल चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार, सुनवलबाट परासीतर्फ आउँदै गरेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा रामग्राम नगरपालिका-१ का ५० वर्षीय लवकुश चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक सुनवल नगरपालिका-३ का ३० वर्षीय लक्ष्मण सापकोटा र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २६ वर्षीय अमृत भुजेल पनि घाइते भएका छन्। सापकोटाको टाउको र नाकमा चोट लागेकोले उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ भने भुजेल सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.