Day: २०८२ जेष्ठ ७, बुधबार २३:११

गोङ्बाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग हस्तान्तरण

गोङ्बाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग हस्तान्तरण

मनहरी । मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कुमारी गोङ्बाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै समूहका सबै सदस्यहरुबाट सहयोग संकलन गरि शोक सन्तप्त परिवारजनलाई आर्थिक सहयोग पनि गरेको छ । मिति २०४३ मंसिर २२ गते जन्मेका कुमारी गोङ्बा विगत लामो समयदेखी मुटु सम्बन्धि रोगबाट पीडित थिए । उपचारका लागि सबै ठाउँमा पुर्‍यए पनि उनको उपचार हुन सकेन । अन्ततः मिति २०८२ वैशाख २५ गते उनको असामयिक निधन भयो । ३९ वर्षको अल्पायुमै भएको उनको निधनले परिवार जन लगायत सबै आफन्त जन शोकमा डुबेका छन् । कुमारी गोङ्बा मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सदस्य पन्चलाल गोङ्बाकी जीवन संगिनी हुन्…
Read More
जिल्ला स्तरीय फलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

जिल्ला स्तरीय फलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

हेटौंडा। हेटौंडामा पहिलो संस्करणको जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । यही जेष्ठ २४ गते हेटौंडा ४,पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा जिल्लास्तरीय फुलकन्ट्याक्स कराँते प्रतियोगिता हुने भएको हो । मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (बालकुमारी आइकेओ) युनियनको आयोजनामा हुन लागेको कराँते प्रतियोगिताको बारेमा संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्लाका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी दिएका छन् । युवा जनशक्तिको उत्पादन गर्न,मानसिक रुपमा स्वस्थ बनाउन र जिल्लामा खेलको विकास गर्नका लागि संघले पहिलो पटक प्रतियोगिताको आयोजना गर्न लागेको केन्द्रीय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले बताए । प्रतियोगिताको माध्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेर पदक भित्र्याउने लक्ष्य लिएको उनले बताए ।…
Read More
गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

गोरखामा बसको ठक्करबाट बालिकाको मृत्यु, आमा गम्भीर घाइते

गोरखा। गोरखामा बसको ठक्करबाट एक चार वर्षीया बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन्। प्रहरीका अनुसार, गोरखा नगरपालिका–४ फिनामकी चार वर्षीया सुविना सुर्खेतीको गोरखाबाट आरुघाटतर्फ गइरहेको ग२ख ९२५ नम्बरको बसको ठक्करबाट मृत्यु भएको हो। आज दिउँसो बसबाट ओर्लिने क्रममा सोही बसले ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए। घटनामा बालिकाकी आमा २० वर्षीया विनिता सुर्खेती गम्भीर घाइते भएकी छिन्। घाइते विनिताको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको गोरखा नगरपालिका–४ का कार्यवाहक वडाध्यक्ष निसा रोकाले बताउनु भएको छ।
Read More
जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

काठमाडौँ। राजधानी भित्रिने मुख्य सडकमार्गको रूपमा रहेको नागढुंगा–नौबिसे सडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दिएको जानकारी अनुसार, बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी निर्माण कार्य अघि बढाइनेछ। यो निर्णय काठमाडौं र धादिङ जिल्ला प्रशासनको समन्वयमा भएको हो। यसअघि यो सडकखण्डमा रातिको समयमा काम हुँदै आएको थियो। आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि दिउँसो काम गर्नुपर्ने आवश्यकता रहेको बताएपछि स्थानीय प्रशासनले अनुमति दिएको हो। प्रजिअ तिवारीका अनुसार, प्राविधिक रूपमा दिउँसो नै निर्माण कार्य गर्नुपर्ने भएपछि सोही अनुरूप अनुमति दिइएको हो। सडक बन्द हुने समयमा…
Read More
सडकमा सुत्केरी व्यथा लागेकी महिलालाई सहयोग गर्ने प्रहरी जवान पुरस्कृत

सडकमा सुत्केरी व्यथा लागेकी महिलालाई सहयोग गर्ने प्रहरी जवान पुरस्कृत

धनगढी। कैलालीको गोदावरी नगरपालिका-१ मा सडकमा व्यथाले छटपटाइरहेको अवस्थामा भेटिएकी एक महिलालाई सुत्केरी गराउन सहयोग गर्ने प्रहरी जवान चन्द्रिका देउवालाई पुरस्कृत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार देउवालाई प्रशंसापत्र र रेकर्डमा जाने गरी पुरस्कृत गरेको हो। कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छटपटाइरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर उत्कृष्ट कार्य गरेकोले पुरस्कृत गरिएको बताए। देउवाले मंगलबार गोदावरी नगरपालिका-१ को वसन्तपुरमा सडकमा व्यथाले छटपटाइरहेकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन्। देउवाकै सहयोगमा आचार्यलाई सुरक्षित रूपमा पद्मा अस्पताल पुर्‍याइएको थियो। हाल आमा र शिशु दुवैको अवस्था…
Read More
मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

मोटरसाइकलको ठक्करबाट साइकल चालकको मृत्यु

नवलपरासी। नवलपरासीको रामग्राम नगरपालिका-१ स्थित सुनवल-परासी सडक खण्डमा मंगलबार राति मोटरसाइकलको ठक्करबाट एक साइकल चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तका अनुसार, सुनवलबाट परासीतर्फ आउँदै गरेको लु १८ प २९४५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा रामग्राम नगरपालिका-१ का ५० वर्षीय लवकुश चौधरी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक सुनवल नगरपालिका-३ का ३० वर्षीय लक्ष्मण सापकोटा र मोटरसाइकलको पछाडि बसेका सोही ठाउँका २६ वर्षीय अमृत भुजेल पनि घाइते भएका छन्। सापकोटाको टाउको र नाकमा चोट लागेकोले उनको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.