जिल्ला स्तरीय फलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

हेटौंडा। हेटौंडामा पहिलो संस्करणको जिल्लास्तरीय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता हुने भएको छ । यही जेष्ठ २४ गते हेटौंडा ४,पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा जिल्लास्तरीय फुलकन्ट्याक्स कराँते प्रतियोगिता हुने भएको हो ।

मकवानपुर जिल्ला क्योकुशिन कराँते संघ (बालकुमारी आइकेओ) युनियनको आयोजनामा हुन लागेको कराँते प्रतियोगिताको बारेमा संघका केन्द्रीय उपाध्यक्ष तथा जिल्लाका मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी दिएका छन् । युवा जनशक्तिको उत्पादन गर्न,मानसिक रुपमा स्वस्थ बनाउन र जिल्लामा खेलको विकास गर्नका लागि संघले पहिलो पटक प्रतियोगिताको आयोजना गर्न लागेको केन्द्रीय उपाध्यक्ष तथा मुख्य प्रशिक्षक विष्णु श्रेष्ठले बताए ।

प्रतियोगिताको माध्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेर पदक भित्र्याउने लक्ष्य लिएको उनले बताए । प्रतियोगिताका आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकासँग आर्थिक सहयोगको प्रस्ताव राखेको उनले बताए । मकवानपुरको मनहरी गाउँपालिका, बागमती गाउँपालिका र थाहा नगरपालिकाबाट महिला तथा पुरुषगरी करिब १ सय ५० जनाको हाराहारीमा खेलाडीहरुको सहभागिता रहन सक्ने अनुमान गरिएको उनले बताए । संघका प्रशिक्षक सुमन कर्मचार्यको संयोजनमा हुने प्रतियोगितमा महिलातर्फ ४ वटा विधामा र पुरुषतर्र्फ ५ वटा विधामा प्रतिस्पर्धा हुनेछ ।

पुरुषतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहने छ भने महिलातर्फ ३५ केजी, ४० केजी, ४५ केजी र ५० केजी तौल समूहका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुका लागि खाजा र खानाको व्यवस्था आयोजकले गर्ने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक लाख ९४ हजार रुपैयाँको बजेट खर्च हुने अनुमान गरिएको उनले बताए । प्रतियोगितामा प्रथम, ࣸद्वतीय र तृतीय हुने खेलाडीहरुलाई क्रमशः स्वर्ण, रजत र काँस्यपदक सहित प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, महिला र पुरुषतर्फको एक÷एक जना उत्कृष्ट खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा ११ वर्षदेखि २५ उमेर समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउने छन् । संघका मुख्य प्रशिक्षक श्रेष्ठ र कर्मचार्यले साताको ६ दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म ३० जना खेलाडीलाई कराँते प्रशिक्षण दिने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जिल्ला स्तरीय फलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जिल्ला स्तरीय फलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जिल्ला स्तरीय फलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जिल्ला स्तरीय फलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

जिल्ला स्तरीय फलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

जिल्ला स्तरीय फलकन्ट्याक्ट कराँते प्रतियोगिता हुँदै

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.