गोङ्बाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहयोग हस्तान्तरण

मनहरी । मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले कुमारी गोङ्बाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै समूहका सबै सदस्यहरुबाट सहयोग संकलन गरि शोक सन्तप्त परिवारजनलाई आर्थिक सहयोग पनि गरेको छ ।

मिति २०४३ मंसिर २२ गते जन्मेका कुमारी गोङ्बा विगत लामो समयदेखी मुटु सम्बन्धि रोगबाट पीडित थिए । उपचारका लागि सबै ठाउँमा पुर्‍यए पनि उनको उपचार हुन सकेन । अन्ततः मिति २०८२ वैशाख २५ गते उनको असामयिक निधन भयो । ३९ वर्षको अल्पायुमै भएको उनको निधनले परिवार जन लगायत सबै आफन्त जन शोकमा डुबेका छन् ।

कुमारी गोङ्बा मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सदस्य पन्चलाल गोङ्बाकी जीवन संगिनी हुन् । बुधबार १३ औं दिनको पूण्य तिथिमा श्रद्धाञ्जली सभाको आयोजना गर्दै वन समूहले कुमारी गोङ्बाप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । साथै समूहका सबै सदस्यहरु मिलेर मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले शोक सन्तप्त परिवारजनलाई एकमुष्ट ५,०१० रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.