जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

काठमाडौँ। राजधानी भित्रिने मुख्य सडकमार्गको रूपमा रहेको नागढुंगा–नौबिसे सडकखण्ड यही जेठ १० गतेदेखि २५ गतेसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले दिएको जानकारी अनुसार, बिहान १०:३० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी निर्माण कार्य अघि बढाइनेछ।

यो निर्णय काठमाडौं र धादिङ जिल्ला प्रशासनको समन्वयमा भएको हो। यसअघि यो सडकखण्डमा रातिको समयमा काम हुँदै आएको थियो। आयोजनाले नागढुंगा–पिपलामोड सडक निर्माणका लागि दिउँसो काम गर्नुपर्ने आवश्यकता रहेको बताएपछि स्थानीय प्रशासनले अनुमति दिएको हो। प्रजिअ तिवारीका अनुसार, प्राविधिक रूपमा दिउँसो नै निर्माण कार्य गर्नुपर्ने भएपछि सोही अनुरूप अनुमति दिइएको हो।

सडक बन्द हुने समयमा काठमाडौंबाट जाने सवारीसाधनलाई नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधनलाई खानीखोलामा रोकिने नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ। वैकल्पिक मार्गका रूपमा धार्के–सितापाइला तथा टोखा–छहरे त्रिशूली गल्छी सडक प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जेठ १० देखि नागढुंगा–नौबिसे सडकखण्ड दैनिक साढे चार घण्टा बन्द हुने

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.