सुनसरीमा गोली चल्यो,१ जना घाइते

सुनसरी। सुनसरीको बराहक्षेत्रमा अहिले केही बेरअघि गोली चलेको छ । बराहक्षेत्र नगरपालिका–३ मा प्रहरीले गोली चलाएको हो । घटनामा १ जना घाइते भएका छन् ।लागुऔषध गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको थियो । गाँजाका पोका बोकेर आउँदै गरेका केही व्यक्ति प्रहरीलाई देख्नसाथ फरार भएका थिए।

त्यही समूहमा रहेका १ जना व्यक्तिले भने प्रहरीलाई खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार गाँजाको अप्रेशनमा गएको टोलीले रोक्न खोज्दा गाँजा ओसारपसारमा संलग्नमध्ये १ जनाले प्रहरीलाई आक्रमणको प्रयास गरेका हुन् ।‘प्रहरीमाथि आक्रमणको प्रयास भयो ।

खुकुरीले हान्न खोजेपछि सुरुमा २ राउण्ड हवाईफायर गरिएको थियो । झन् आक्रामक बनेपछि आत्मरक्षाका लागि थप गोली चलाउनु पर्यो,’ कार्कीले भने । उनका अनुसार गोली हानेर बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बूलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले हानेको गोली लागेर लिम्बू घाइते भएका छन् । उनको घुँडादेखि तलको भागमा गोली लागेको छ । उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ ।घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट प्रहरीले गाँजा बरामद गर्यो कि गरेन भनेर खुल्न बाँकी छ । घटनाको थप विवरण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सुनसरीमा गोली चल्यो,१ जना घाइते

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

सुनसरीमा गोली चल्यो,१ जना घाइते

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

सुनसरीमा गोली चल्यो,१ जना घाइते

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

सुनसरीमा गोली चल्यो,१ जना घाइते

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

सुनसरीमा गोली चल्यो,१ जना घाइते

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

सुनसरीमा गोली चल्यो,१ जना घाइते

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.