Day: २०८२ जेष्ठ ११, आईतवार २०:२६

कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही मृत फेला

कृष्णबहादुर महरा जोडिएको बलात्कार प्रकरणकी पीडित रोशनी शाही मृत फेला

भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित बृहस्पति मार्गमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन्। पूर्व सभामुख एवं माओवादी नेता कृष्णबहादुर महराले जबरजस्ती करणी गरेको भन्दै ६ वर्षअघि प्रहरीमा निवेदन दर्ता गराएकी शाहीको शव आइतबार दिउँसो १ बजेर ५० मिनेटमा उनी डेरा गरी बस्ने लक्ष्मीश्वर महतोको तीन तले घरको कोठाभित्रै फेला परेको हो। प्रहरीका अनुसार भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव भेटिएको हो। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ। शाहीको शरीरमा बाहिर कुनै चोटपटक नदेखिएको प्रहरीले जनाएको छ। जाजरकोट स्थायी घर भएकी शाहीका छोराछोरी विदेशमा छन् भने श्रीमान् कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ। रोशनी शाही…
Read More
एकै गाँउका ३ जनाको मृत्यु भएपछि सिंगो गाँउ शोकमा

एकै गाँउका ३ जनाको मृत्यु भएपछि सिंगो गाँउ शोकमा

ईलाम। इलाम जिल्लाको माङसेबुङ ५ मा एकै गाँउका ३ जनाको मृत्यु भएपछि सिंगो गाँउ शोकमा डुबेको छ । जंगली च्याउ खाँदा गम्भिर बिरामी भएका १७ वर्षीया नुमा लावती र मनिसा चेम्जोङ्गको मृत्यु भएको हो । उपचारका लागि विराटनगर ल्याईए पनि अस्पतालमै दुबैजनाको मृत्यु भएको छ । त्यस्तै स्थानीय धनराज सङबाङफेको पनि अकस्मात् मृत्यु भएपछि यतिबेला सिंगो गाँउ नै शोकमग्न भएको छ।
Read More
कुलतमा फसेका झापाका युवाको पुनःस्थापन कार्यमा उर्लाबारीका प्रेम चन्द्र राई

कुलतमा फसेका झापाका युवाको पुनःस्थापन कार्यमा उर्लाबारीका प्रेम चन्द्र राई

उर्लाबारी। कुनैबेला साथीभाइको संगतमा लागेर दुव्यर्सनमा फसेका उर्लाबारी-७ का प्रेम चन्द्र राई अहिले भने कुलतमा फसेका हजारौ युवाहरुको जीवन पुनःस्थापन अभियानमा सक्रिय रहेका छन्। मोरङको उर्लाबारी वडा नं ७ स्थायी बसोबास गर्दै आएका उनी केही वर्षअघि साथीभाइको संगतले दुर्व्यसनमा फसेका थिए। प्रारम्भिक अवस्थामै सामान्य उपचारपछि जीवनको मूल्य बुझेर नशामुक्त भएका उनले कुलतमा फसेका युवाहरूलाई उद्धार गर्ने दृढ संकल्प गरे । सोही उद्देश्य अनुरुप २०७४ सालमा झापाको कन्काई नगरपालिका–३, सुरुङ्गामा ‘नवजीवन प्रतिष्ठान’ नामक पुनर्स्थापना केन्द्र स्थापना गरे। झापालाई केन्द्रविन्दु बनाएर संचालन गरिएको उनको यो प्रतिष्ठानले एचआईभी एड्स, हेपाटाइटिसजस्ता जघन्य रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम, पारिवारिक परामर्श, तथा मानसिक सशक्तिकरणको माध्यमबाट पीडितलाई पुनः सम्मानपूर्वक…
Read More
सुनसरीमा गोली चल्यो,१ जना घाइते

सुनसरीमा गोली चल्यो,१ जना घाइते

सुनसरी। सुनसरीको बराहक्षेत्रमा अहिले केही बेरअघि गोली चलेको छ । बराहक्षेत्र नगरपालिका–३ मा प्रहरीले गोली चलाएको हो । घटनामा १ जना घाइते भएका छन् ।लागुऔषध गाँजाको ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको थियो । गाँजाका पोका बोकेर आउँदै गरेका केही व्यक्ति प्रहरीलाई देख्नसाथ फरार भएका थिए। त्यही समूहमा रहेका १ जना व्यक्तिले भने प्रहरीलाई खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनु परेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले जानकारी दिए । उनका अनुसार गाँजाको अप्रेशनमा गएको टोलीले रोक्न खोज्दा गाँजा ओसारपसारमा संलग्नमध्ये १ जनाले प्रहरीलाई आक्रमणको प्रयास गरेका हुन् ।‘प्रहरीमाथि आक्रमणको प्रयास भयो । खुकुरीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.