कुलतमा फसेका झापाका युवाको पुनःस्थापन कार्यमा उर्लाबारीका प्रेम चन्द्र राई

उर्लाबारी। कुनैबेला साथीभाइको संगतमा लागेर दुव्यर्सनमा फसेका उर्लाबारी-७ का प्रेम चन्द्र राई अहिले भने कुलतमा फसेका हजारौ युवाहरुको जीवन पुनःस्थापन अभियानमा सक्रिय रहेका छन्।

मोरङको उर्लाबारी वडा नं ७ स्थायी बसोबास गर्दै आएका उनी केही वर्षअघि साथीभाइको संगतले दुर्व्यसनमा फसेका थिए। प्रारम्भिक अवस्थामै सामान्य उपचारपछि जीवनको मूल्य बुझेर नशामुक्त भएका उनले कुलतमा फसेका युवाहरूलाई उद्धार गर्ने दृढ संकल्प गरे ।

सोही उद्देश्य अनुरुप २०७४ सालमा झापाको कन्काई नगरपालिका–३, सुरुङ्गामा ‘नवजीवन प्रतिष्ठान’ नामक पुनर्स्थापना केन्द्र स्थापना गरे। झापालाई केन्द्रविन्दु बनाएर संचालन गरिएको उनको यो प्रतिष्ठानले एचआईभी एड्स, हेपाटाइटिसजस्ता जघन्य रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम, पारिवारिक परामर्श, तथा मानसिक सशक्तिकरणको माध्यमबाट पीडितलाई पुनः सम्मानपूर्वक जीवन यापन गर्न सक्षम बनाउने वातावरण निर्माण गरिरहेको छ।

केन्द्रले हालसम्म १ हजार भन्दा बढी दुर्व्यसनमा फसेका व्यक्तिहरूलाई पुनर्जीवन दिन सफल भएको छ । उनको प्रतिष्ठानमा ५ जना कर्मचारीले रोजगारी पाएका छन् भने ३० जना युवाहरू परामर्श सहित उपचाररत रहेका छन्। लागू औषध दुर्व्यसन नियन्त्रण तथ नशा मुक्त समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउदै आएका राईको यो प्रयासले दुव्यर्सनमा फसेर आशा गुमाएका हजारौ युवाहरुमा सकारात्मक संदेश प्रवाह हुने आशा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

कुलतमा फसेका झापाका युवाको पुनःस्थापन कार्यमा उर्लाबारीका प्रेम चन्द्र राई

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

कुलतमा फसेका झापाका युवाको पुनःस्थापन कार्यमा उर्लाबारीका प्रेम चन्द्र राई

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

कुलतमा फसेका झापाका युवाको पुनःस्थापन कार्यमा उर्लाबारीका प्रेम चन्द्र राई

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

कुलतमा फसेका झापाका युवाको पुनःस्थापन कार्यमा उर्लाबारीका प्रेम चन्द्र राई

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

कुलतमा फसेका झापाका युवाको पुनःस्थापन कार्यमा उर्लाबारीका प्रेम चन्द्र राई

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

कुलतमा फसेका झापाका युवाको पुनःस्थापन कार्यमा उर्लाबारीका प्रेम चन्द्र राई

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.