मकवानपुरको थाहा नगरपालिकामा बसले ठक्करबाट तीन जनाको मृत्यु

मकवानपुर। मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा ३ स्थित विद्युत प्राधिकरणमा हिजो साँझ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। त्रिभुवन राजपथ सडकखण्डबाट गइरहेको बा ३ ख ५९९० नम्बर बसको एक्कासी ब्रेक फिल भई बसले आफ्नो गति अनियन्त्रित लिँदा उक्त दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो।

बस दुर्घटना भने हिजो साँझ ७ बजे तिर भएको र उक्त बस भने गोपाली गाउँबाट थाहा बजारतर्फ जाँदै गरेको समयमा बसको ब्रेकफिल भएको कारण बसले आफ्नो गति अनियन्त्रित बनाउँदा दुर्घटना हुन पुगेको मकवानपुर प्रहरीले जानकारी दिए। ब्रेक फेल भएको उक्त बसले आफ्नो गति अनियन्त्रित बनाउँदा थाहा नगरपालिकाको उप-मेयर भरत गोपालीको घरभित्र ठक्कर दिन पुगेको थियो।

ब्रेक फेल भएको बसले गति गुमाउँदा सो बसले ठक्कर दिँदा अन्दाजी ४० वर्षीय कृष्ण बलामी र अर्का ३५ वर्षीय लोकेन्द्र ठाकुरको मृत्यु हुन पुगेको मकवानपुर प्रहरीले जानकारी दिएको छ। बसले ठक्कर दिँदा गम्भीर घाइते भएका व्यक्तिलाई उपचारको लागि स्वास्थ्य केन्द्र पालुङमा लगिएर उपचार गर्ने क्रममा मृत्यु भएको बताएको छ। दुवै व्यक्तिको ठेगाना नखोज्दा हाल सोही प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा राखिएको मकवानपुर प्रहरीले जनाएको छ। साथै गम्भीर अवस्थामा घाइते भएको अन्दाजी ३६ वर्षीय रघुनन्दन यादवको पनि उपचार क्रममा मृत्यु भएको जानकारी आएको छ।

बसको दुर्घटनामा परी घाइते हुनेहरूमा कमलेश कुमार शाह,बाराको जितपुर-सिमरा उपमहानगरपालिका वडा १७ बस्ने वर्ष ३२ को छेवाङ दोर्जे लामा र बाराको कोल्बी नगरपालिका वडा १ बस्ने वर्ष ३० को रामगुलाम चौधरी घाइते भएका छन्।

घाइते हुनेहरूलाई उपचारको लागि एक जनालाई काठमाडौँ ट्रमा सेन्टरमा पठाएको र दुईजना भने प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा पठाएको मकवानपुर प्रहरीले जनाएको छ।

बस दुर्घटना भएको थाहा हुनासाथ इलाका प्रहरी कार्यालय बालुङबाट विशेष कमाण्ड टोली खटिएको थियो। सोही कमाण्ड टोलीले थाहा नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २९ को राजेश कार्कीलाई नियन्त्रणमा लिएको छ। उनी सोही बसको बस चालक हुन्। बस दुर्घटना हुने बारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरको थाहा नगरपालिकामा बसले ठक्करबाट तीन जनाको मृत्यु

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

मकवानपुरको थाहा नगरपालिकामा बसले ठक्करबाट तीन जनाको मृत्यु

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

मकवानपुरको थाहा नगरपालिकामा बसले ठक्करबाट तीन जनाको मृत्यु

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

मकवानपुरको थाहा नगरपालिकामा बसले ठक्करबाट तीन जनाको मृत्यु

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

मकवानपुरको थाहा नगरपालिकामा बसले ठक्करबाट तीन जनाको मृत्यु

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

मकवानपुरको थाहा नगरपालिकामा बसले ठक्करबाट तीन जनाको मृत्यु

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.