उर्लाबारी–५ मा शनिदेव मन्दिरको शिलान्यास

मोरङ। उर्लाबारी नगरपालिका–५ मा शनिदेव मन्दिरको शिलान्यास गरिएको छ। कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी सचेतक शोभा चेम्जोङ पालुङ्वाले मंगलबार एक समारोहका बीच मन्दिरको शिलान्यास गरेका थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि चेम्जोङले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै मन्दिर निर्माणले समुदायमा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए। शिलान्यास कार्यक्रममा वडाध्यक्ष रविन लामा, सामाजिक व्यक्तित्व ललित अधिकारी, माओवादी केन्द्र उर्लाबारी अध्यक्ष गजेन्द्र दंगाल, जसपा उर्लाबारी अध्यक्ष मात्रिका धिमाललगायतले शनिदेव मन्दिरको आवश्यकता र यसको महत्व माथि जोड दिएका थिए।

वक्ताहरूले मन्दिर निर्माणले उर्लाबारीमा धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। सो अवसरमा उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेल, युवा व्यवसायी सचिन शाक्य, सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडालगायतको उपस्थिति रहेको थियो।

मन्दिर निर्माणका लागि उर्लाबारी–५ निवासी सामाजिक व्यक्तित्व धर्मप्रसाद भण्डारी र गोपालप्रसाद भण्डारीको परिवारले १ कट्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन्। कार्यक्रममा उनीहरूको योगदानलाई विशेष सम्मानका साथ स्मरण गरिएको थियो। कार्यक्रममा जेष्ठ नागरिक तथा जेष्ठ एकल महिलालाई पनि सम्मान गरिएको थियो। मन्दिर निर्माण समितिकी अध्यक्ष तारा रिजाल चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रम सचिव रेवतरमण कोइरालाले सञ्चालन गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उर्लाबारी–५ मा शनिदेव मन्दिरको शिलान्यास

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

उर्लाबारी–५ मा शनिदेव मन्दिरको शिलान्यास

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

उर्लाबारी–५ मा शनिदेव मन्दिरको शिलान्यास

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

उर्लाबारी–५ मा शनिदेव मन्दिरको शिलान्यास

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

उर्लाबारी–५ मा शनिदेव मन्दिरको शिलान्यास

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

उर्लाबारी–५ मा शनिदेव मन्दिरको शिलान्यास

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.