ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सुनसरी। सुनसरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको ज्यान गएको छ। सोमबार सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ स्थित फूलचोकमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा उक्त घटना भएको हो।

प्रदेश १–०२–००३ त ९०२ नम्बरको ट्याक्टरले प्रदेश १–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्फराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

गम्भीर घाइते भएका दुबैलाई तत्काल उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल, सुनसरी लगिएको थियो तर उपचारको क्रममा दुबैको मृत्यु भएको हो। दुर्घटनामा इनरुवा १० जाल्पापुरका साहेब अन्सारी पनि घाइते भएका छन्। हाल घाइतेको अवस्था र मोटरसाइकल चालक को थिए भन्नेबारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि आक्रोशित स्थानीयबासीले पूर्व–पश्चिम राजमार्ग केही समयका लागि अवरुद्ध पारेका थिए। तर, बाक्लो प्रहरीको उपस्थिति र प्रयासपछि भीड तितरबितर पार्दै सडक सुचारु गरिएको सुनसरी प्रहरीले जनाएको छ। यस दुर्घटनासँग सम्बन्धित ट्याक्टर चालक, भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्दीराम चमारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग  अवरुद्ध

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग  अवरुद्ध

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग  अवरुद्ध

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग  अवरुद्ध

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग  अवरुद्ध

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

ट्याक्टरको ठक्करबाट मोटरसाइकल सवार दुई जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग  अवरुद्ध

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.