सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा सार्वजनिक यातायातमा जारी हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विवेक पोखरेलले मङ्गलबार गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घसमेतलाई विपक्षी बनाई उक्त रिट दायर गरेका हुन् ।

रिटमाथि बुधबार पेसी तोकिएको छ । सार्वजनिक यातायातलाई अत्यावश्यक सेवा क्षेत्र मानिएकाले त्यसमा हडताल गर्न नपाउने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गरिनु संविधान विपरीत भएको रिट निवेदकको जिकिर छ । रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ ।

जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको रिटमा उल्लेख छ । संविधानको धारा १७ को उपधारा २ मा प्रत्याभूत आवतजावत, पेसा र रोजगारको हकमा बाधा पुगेको भन्दै यातायातमा भएको हडतालले आम जनताको मौलिक हकमै हस्तक्षेप गरेको दाबी रिट निवेदनमा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.