विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिकामा विज्ञापन नै प्रकाशन नगरी भुक्तानी लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यो प्रकरणमा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कृषकहरूका लागि स्प्रे ट्यांकी खरिद गर्दा बोलपत्र आह्वानको सूचना ‘जनसवाल राष्ट्रिय दैनिक’ र ‘तराईं पोष्ट’ मा प्रकाशन गरेको दाबी गरेको थियो। तर प्रेस काउन्सिल नेपालको छानबिनमा दुवै पत्रिकामा सूचना प्रकाशन नभएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो।

आरोपितहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल नवीनकुमार यादव, तराईं पोष्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवाल पब्लिकेशन प्रालि तथा उक्त कम्पनीका सम्पादक रामजी बगाले र तराईं पोष्टका प्रकाशक रूपेन्द्र पटेल रहेका छन्। उनीहरूमाथि बदनियतपूर्वक पत्रिकामा सूचना प्रकाशित नगरी नक्कली बिल भरपाई पेस गरी जनसवाल राष्ट्रिय दैनिकलाई १ लाख ७२ हजार ८२५ रुपैयाँ र तराईं पोष्टलाई ३९ हजार ४०० रुपैयाँ गरी कुल २ लाख १२ हजार २२५ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको आरोप छ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत र सहलेखापाललाई उक्त बिगो रकम कायम गर्दै तीन वर्ष कैद र सो बराबरको जरिवाना माग गरेकोमा सरकारी कागजात केरमेट गरेको आरोपमा उनीहरूलाई थप तीन महिनादेखि दुई वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना माग गरिएको छ। तराईं पोष्टका प्रतिनिधिलाई मुख्य कसुरदार सरह, सम्पादक रामजी बगालेलाई मतियारका रूपमा (बिगो १ लाख ७२ हजार ८२५ रुपैयाँ कायम) र प्रकाशक रूपेन्द्र पटेललाई ३९ हजार ४०० रुपैयाँ बिगोसहित सोही सजाय माग गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.