काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ। काठमाडौँ महानगरपालिकामा ढल निर्माणको ठेक्कामा भएको भनिएको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

यो प्रकरणमा महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारसहित ७ जनालाई सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा प्रतिवादी बनाइएको छ। अख्तियारले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको हो।

अख्तियारका अनुसार, यो अनियमितता सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण सम्बन्धी ठेक्कामा भएको थियो। यसमा समानान्तर सेवा प्रालिले सबैभन्दा कम मूल्य (करसहित रु. १८ करोड ९ लाख २२ हजार ३२५.६३) कबोल गरे पनि मिलेमतोमा उक्त कम्पनीलाई अयोग्य ठहर गरिएको थियो। त्यसको सट्टा दोस्रो कम कबोल (रु. २२ करोड ४० लाख ९४ हजार ६१२.९५) गर्ने कल्पवृक्ष–कोहिनुर जेभीसँग सम्झौता गरिएको थियो। यस कार्यका कारण काठमाडौँ महानगरपालिकालाई रु. ४ करोड ३१ लाख ७२ हजार २८७.३२ को हानि भएको अख्तियारले जनाएको छ।

अख्तियारले यस प्रकरणमा परियारसहित कर्मचारीहरु रबिनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीलाई प्रतिवादी बनाएको छ। आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ तथा १९ अनुसार सबै प्रतिवादीहरुलाई बिगो असुलसहित कैद र जरिवाना सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी गराएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

काठमाडौँ महानगरपालिकामा ढल निर्माण ठेक्का अनियमितता: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.