इलाममा छुरा प्रहारबाट एक युवकको हत्या

इलाम। इलामको सूर्योदय नगरपालिका–१ भालुखोकमा गएराति छुरा प्रहारबाट २२ वर्षीय एक युवकको हत्या भएको छ। हत्या हुनेमा २२ वर्षीय निरोज चापागाईं रहेका छन्। घटनामा निरोजका भाइ प्रकाश चापागाईं पनि घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार, निरोजको ससुराली नजिकै सोही क्षेत्रका ३३ वर्षीय किरण शेर्पाले धारिलो हतियारले आक्रमण गरेका थिए। प्रहरी नायब उपरीक्षक (डीएसपी) मान बहादुर राईले दिएको जानकारी अनुसार, घाइते प्रकाशको झापाको विर्तासिटी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको छ।

घटनाका आरोपी किरण शेर्पा पनि घाइते भएका छन् र उनको उपचार इलामकै स्वास्थ्य संस्थामा भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट मृतक निरोज चापागाईं वडा नम्बर २ का र आरोपी शेर्पा वडा नम्बर १ का स्थानीय भएको र उनीहरूबीच पहिलेदेखि नै चिनजान रहेको खुलेको छ।

हत्याको कारण र कसरी घटना भयो भन्ने विषयमा भने अनुसन्धान जारी रहेको डीएसपी राईले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

इलाममा छुरा प्रहारबाट एक युवकको हत्या

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

इलाममा छुरा प्रहारबाट एक युवकको हत्या

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

इलाममा छुरा प्रहारबाट एक युवकको हत्या

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

इलाममा छुरा प्रहारबाट एक युवकको हत्या

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

इलाममा छुरा प्रहारबाट एक युवकको हत्या

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

इलाममा छुरा प्रहारबाट एक युवकको हत्या

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.