फोनिज मकवानपुर शाखाद्वारा २६ औँ स्थापना दिवसको अवसर पारेर हेटौडामा प्रभातफेरी कार्यक्रम सम्पन्न

हेटौडा। नेपाल आदिवासी जनजाति पत्रकार सङ्घ (फोनिज) मकवानपुर शाखाले आफ्नो २६ औँ स्थापना दिवस विशेष कार्यक्रम गरी हेटौडामा मनाएको छ। स्थापना दिवसको अवसर पारेर शाखाले हेटौडा बजारलाई परिक्रमा गर्दै आफ्नो २६ औँ स्थापना दिवस मनाएको थियो।

फोनिज मकवानपुर शाखाले “समृद्धिको आधार,पूर्ण समावेशी सञ्चार” भन्ने मूल नारा ब्यानरमा उल्लेख गर्दै आफ्नो प्रभात फेरि कार्यक्रमलाई हेटौडा बजारको सिमाचोकबाट सुरु गरी बुद्धचोक,उद्योग वाणिज्य चोक हुँदै पुनः सीमाचोकमा पुगेर आफ्नो कार्यक्रमको कोणसभा त्यहाँ परिणत गरेको थियो।

फोनिज शाखाले आयोजना गरेको कोणसभा कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष एवम् फाेनिज मकवानपुरका सल्लाहकार समेत रहेका कृष्ण सारु मगरले समग्र आदिवासी जनजाति पत्रकारहरूको आवाजलाई सशक्त रूपमा स्थापित गर्न यस संस्थाले पुर्‍याएको योगदान स्मरण गर्दै आफ्नो भनाइ मार्फत प्रशंसा गरेका थिए। साथै पत्रकारिताको दिगो विकासका लागि क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने र मर्यादित पेशागत दायित्वलाई थप स्तरीय र क्रियाशील भएर लागि पर्नपर्ने अन्य पत्रकार साथीहरुलाई आह्वान समेत अध्यक्ष मगरले गरेका थिए।

यसैगरी फाेनिजका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ बागमती प्रदेश सदस्य स्वर्णलाल श्रेष्ठले बोल्ने क्रममा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जस्ता महत्त्वपूर्ण उपलब्धि हासिल गर्न जनजाति पत्रकार साथीहरुले आफ्नो क्षेत्र अधिकारबाट महत्वपूर्ण योगदान दिँदै आइरहेको कुरा स्मरण गराएका थिए।

प्रभात फेरि कार्यक्रमलाई अध्यक्षता गरेका अध्यक्ष नवराज वाइवाले आगामी दिनहरूमा यस दिवसले समावेशी सञ्चार प्रवर्धन र आदिवासी जनजाति समुदायको आफ्नो हक हित र आवाजलाई सशक्त ढङ्गबाट अग्रसर भूमिकामा आफ्नो भूमिका प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन्। भावी दिनहरुमा पत्रकारहरूको आफ्नो क्षमता अभिवृद्धि विकासको लागि नयाँ कार्यक्रमहरू ल्याउने र नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशसँग हातेमालो गर्दै अघि बढ्ने जस्ता आफ्नो धारणा बोल्ने क्रममा राखेका थिए।

उक्त कार्यक्रममा सहभागी हुनेहरूमा फाेनिज बागमतीका उपाध्यक्ष दिलबहादुर रुम्बा,सचिव एवं संञ्चारिका समूह मकवानपुरका अध्यक्ष निशा गुरुङ र प्रेस चौतारी मकवानपुरका इन्चार्ज दिवस अधिकारी लगायत अन्य विभिन्न संचार माध्यमबाट उपस्थित जनाएका पत्रकार साथीहरूको सहभागी रहेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.