मकवानपुरमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै विचारगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न

मकवानपुर। २६औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अखिल (क्रान्तिकारी) जिल्ला समिति मकवानपुरको आयोजनामा विचारगोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथिको रुपमा सहभागी थिए। अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवालाई समाज विकासको मेरुदण्ड भन्दै जम्कट्टेलले अध्ययनशील र जिम्मेवार बन्न आग्रह गरे।

“समाजवाद हुँदै साम्यवादको यात्रामा युवाहरुको सक्रिय भूमिका अपरिहार्य छ,” उनले भने।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ७ व्यक्तिलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा सञ्चारकर्मी राजकुमार के.सी., प्राध्यापक उत्तम अर्याल र गौतम के.सी., स्वास्थ्यकर्मी जयराम रायमाझी, लेखापालन तालिम सहजकर्ता किशोर अर्याल, जिल्ला खेलकुद समिति अध्यक्ष राजकुमार मोक्तान तथा जनयुद्धकी घाइते युवा सिलाई व्यवसायी अमृता पाख्रिन रहेका छन्।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला संयोजक भीम पाख्रिन, सचिवालय सदस्य ललितबहादुर घलान, लक्ष्मी पाख्रिनलगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.