मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

मकवानपुर, भदौ ८ गते मकवानपुर प्रहरीले लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। रक्सौलबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको सुमो (BR 01 PB 1802) बाट लागूऔषध बरामद गरिएको हो।

प्रहरीका अनुसार सवारी साधनको तलासी लिँदा ३९ पोका भित्र लुकाई छिपाई राखिएको फेनेर्गान, नुफिन, डाइजेपाम गरी जम्मा ५,८५० एम्पुल र ट्रामाडोल २४० क्याप्सुल फेला परेको छ।

लागुऔषध ओसारपसारमा संलग्न आशंकामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

शंकास्पद सुमो गाडीलाई मकवानपुरको एक स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन।

यस घटनाले भारत–नेपाल सीमावर्ती क्षेत्र हुँदै हुँदै लागुऔषध तस्करीको समस्या पुनः सतहमा ल्याएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.