सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

हेटौँडा, भदौ २३ गते । अनेरास्ववियु ग्रामीण आदर्श बि.क्याम्पस कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्।

उनले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारद्वारा विद्यार्थी र जनतामाथि गरिएको दमन, अत्याचार र अन्यायको घोर विरोध गर्दै विद्यार्थीहरूको पक्षमा उभिनुपर्ने संगठनलाई समेत दमनको मतियार बनाउन खोजिएको वर्तमान परिस्थितिमा मौन बस्न नसकिने स्पष्ट गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हामी युवाहरू कुनै पार्टी, पद वा कुर्सीकाका दास होइनौँ। हाम्रो वफादारी सधैं विद्यार्थीको अधिकार, जनताको न्याय र देशको भविष्यसँग मात्र हुनेछ।”

आजदेखि कार्यसमिति अन्तर्गत अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षसहित सम्पूर्ण सदस्यहरूले सामान्य सदस्यता समेत नराख्ने गरी सामूहिक रूपमा राजीनामा दिएको जानकारी गराइएको हो।

अध्यक्ष अशोक खनाल, उपाध्यक्ष आर.सि. पौडेल, सचिव वचन बिक, सह–सचिव मङ्गल बम र सञ्जना तामाङ तथा कोषाध्यक्ष मिलन गजुरेलसहितको कार्यसमितिले प्रेस विज्ञप्ति जारी गर्दै सरकारको दमनकारी कदमविरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता पनि जनाएको छ।

आज भदौ २३ गते राजधानीमा जनरेशन जेड (Gen Z) पुस्ताले राज्य संरचनामा देखिएको भ्रष्टाचार, बेरोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र समानताका सवालमा उठाएको आवाजलाई सरकारले दमन गर्न खोजेको भन्दै जसपा नेपालले कडा शब्दमा विरोध गरेको हो।

जसपा नेपालका महासचिव रामकुमार शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका घटनाप्रति पार्टीले गहिरो दुःख प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “विद्यार्थीले अघि सारेका मागहरूमाथि सरकारले ध्यान नदिइ दमन गर्ने काम असंवैधानिक मात्र नभई निन्दनीय पनि हो।” जसपा नेपाल ले सरकारले तत्काल दमन रोक्दै सामाजिक न्याय, समानता र सुशासनका सवालमा युवा पुस्ताले उठाएका आवाजलाई सम्बोधन गर्न संवाद र सहमतिमार्फत समाधान खोज्न माग गरेको छ।

पार्टीले विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनलाई लोकतान्त्रिक अधिकारको प्रयोगका रूपमा लिँदै त्यसलाई दबाउने कार्य बन्द गर्न पनि सरकारसँग आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.