“तानाशाही सरकारविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता छ : सामाजिक अभियन्ता विशाल राज महत”

हेटौंडा, भदौ २४ गते । मकवानपुरका सामाजिक अभियन्ता विशाल राज महतले हालै सामाजिक सञ्जालमार्फत जारी गरेको आफ्नो भनाइमा सरकारको हिंसात्मक रवैयाप्रति आक्रोश पोख्दै निर्णायक आन्दोलनको आवश्यकता रहेको बताएका छन्। उनले भने, “यो बर्बरताको पराकाष्ट हो, चुप लागेर बस्ने अवस्था छैन। सामान्य मानिसले समेत यस्तो गर्दैन। यी मानसिक रोगीहरूको उपचार अब गर्नुपर्छ। यो मुद्दा सबै नेपालीको साझा मुद्दा हो, यसको विरुद्ध बोलिन्छ।” 

महतका अनुसार मौन रहनुले अन्यायलाई बलियो बनाउँछ भने बोल्न सक्दा परिवर्तन सम्भव हुन्छ। उनले तानाशाही सरकारलाई मुर्दाबाद भन्दै नागरिकलाई सचेत हुन आह्वान गरेका छन्।

त्यस्तै, रेडियो भरोसासँगको विशेष कुराकानीमा उनले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा आवश्यक रहेको उल्लेख गर्दै भने, “नैतिकताको आधारमा भएपनि गृहमन्त्रीले राजीनामा दिनुपर्छ। नयाँ पुस्ता जेन जि ले गरेको शान्तिपूर्ण विरोध जनसभामाथि समेत सरकारले हिंसक हस्तक्षेप गरेको छ। अहिलेको सरकारले निरीह र क्रूर रूप धारण गरिसकेको छ।”

महतले मकवानपुरमा भएको आन्दोलन नेतृत्वविहीन भएको टिप्पणी गर्दै नेतृत्वविहीन आन्दोलनले ठोस दिशा दिन नसक्ने बताए। उनका अनुसार हरेक आन्दोलनमा सक्षम नेतृत्व जरुरी हुन्छ, जसले आन्दोलनलाई निश्चित लक्ष्यतर्फ डोर्याउन सक्छ।

उनले थपे, “भोलिका दिनहरूमा जेन जि पुस्ताले आवश्यक माग अघि सारेका खण्डमा हामी अवश्य समर्थन र साथ दिन तयार छौँ। आवश्यक परेमा हामी आन्दोलनको नेतृत्व तहमा पनि जिम्मेवारी लिन तयार छौँ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“तानाशाही सरकारविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता छ : सामाजिक अभियन्ता विशाल राज महत”

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

“तानाशाही सरकारविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता छ : सामाजिक अभियन्ता विशाल राज महत”

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

“तानाशाही सरकारविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता छ : सामाजिक अभियन्ता विशाल राज महत”

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

“तानाशाही सरकारविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता छ : सामाजिक अभियन्ता विशाल राज महत”

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

“तानाशाही सरकारविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता छ : सामाजिक अभियन्ता विशाल राज महत”

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

“तानाशाही सरकारविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता छ : सामाजिक अभियन्ता विशाल राज महत”

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.