मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

मकवानपुर, भदौ २६ गते । मकवानपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा संवेदनशीलता, जनताको ज्यानमालको सुरक्षा र जनजीवनलाई सामान्य बनाउन जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

कार्यालयले जारी गरेको सूचनाअनुसार अर्को आदेश नआएसम्म जिल्लाभर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ। यस अवधिमा मानिसको भीडभाड, सभा, जुलुस तथा जमघट गर्न निषेध गरिएको छ।

तर, अत्यावश्यक कार्यका लागि भने बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सीमित आवागमन गर्न सकिने व्यवस्था गरिएको छ। स्वास्थ्यकर्मी, एम्बुलेन्स, सुरक्षाकर्मी, सरसफाइमा खटिएका कर्मचारी, औषधि, खाद्यान्न, दूध, तरकारी, दुग्धजन्य सामग्री ढुवानी गर्ने सवारीसाधनलाई भने छुट दिइएको छ।

यस्तै, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चारमाध्यम र अत्यावश्यक सेवासँग सम्बन्धित गतिविधि सञ्चालन गर्न पाइने जनाइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले विमान टिकट देखाएर यातायात आवागमन गर्न सक्नेछन्।

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा र कर्फ्यु आदेशको उल्लंघन गर्ने गतिविधिलाई कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.