२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

हेटौंडा, अशोज १० गते । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मदूसुदन पौडेलले गत असोज २३ र २४ गतेका घटनालाई फरक स्वरूपको बताएका छन्। उनले २३ गतेको आन्दोलनलाई जिन–जि पुस्ताले गरेको अलग किसिमको आन्दोलन भने पनि २४ गते देखिएको देशव्यापी ताण्डवलाई आन्दोलन नभई आतंक भएको बताए।

रेडियो भरोसासँगको विशेष संवादमा मन्त्री पौडेलले भने, “२४ गतेको घटनामा आक्रोशको नाममा देशव्यापी विध्वंश मच्चाइयो। निर्दोष बालबालिकासहित युवाहरूले ज्यान गुमाउँदा पीडित छु। उनीहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।”

उनका अनुसार मन्त्रालयसहित मातहतका विभिन्न निकायमा करिब ६ करोड ५१ लाख रुपैयाँ बराबरको भौतिक क्षति पुगेको छ। मन्त्रालयमै मात्र ३ करोड ४७ लाखभन्दा बढीको नोक्सानी भएको र १४ वटा सवारी साधनमा क्षति पुगेको उनले जानकारी दिए।

पौडेलले आन्दोलनको नाममा राष्ट्रिय सम्पदामाथि भएको आक्रमणलाई दुःखद बताउँदै भने, “जसरी विध्वंश भयो, त्यो जिन जि पुस्ताले मात्र गरेको होइन। त्यो सबै गर्ने भनेको विध्वंशकारी हुन् ।

मन्त्री पौडेलले दशैं उत्साहपूर्वक भन्दा पनि परम्परागत रीतिरिवाजका आधारमा मात्रै मनाउने तयारी गरेको बताए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

२४ गतेको विद्वंश आन्दोलन होइन, आतंक थियो : मन्त्री पौडेल

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.