मकवानपुरमा हर्क साम्पाङ अ रेभुलेशन श्रम संस्कृति पार्टीको पहिलो श्रम अभियान सम्पन्न

हेटौडा, अशोज १८ गते । हर्क साम्पाङ अ रेभुलेशन श्रम संस्कृति पार्टीले जिल्लामा पहिलो पटक श्रम अभियान सम्पन्न गरेको छ। हेटौडा उपमहानगरपालिका–११ नवलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार सरसफाइ अभियान सम्पन्न भएको हो।

गत असोज १३ गते पार्टीले मकवानपुरमा औपचारिक रूपमा संगठन विस्तार गर्दै आफ्नो यात्रा सुरु गरेको थियो। आजको श्रम अभियानमा पूर्वधरानबाट आएका पार्टीका संस्थापक सदस्य समिर तामाङ विशेष उपस्थित रहेका थिए। त्यस्तै, मन्दिरा मोक्तान, जनजित तामाङ, बाबु मोक्तान लगायत पार्टीका सदश्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।

श्रम अभियानलाई जिल्ला संयोजक युनिस लामाले नेतृत्व गरेका थिए। पार्टीका संस्थापक सदस्य सुन्दर लामाका अनुसार आगामी दिनमा पनि निरन्तर रूपमा यस्ता श्रम अभियान सञ्चालन गरिने बताइएको छ। उनले पार्टीले स्वार्थहीन र निष्पक्ष ढङ्गमा श्रम–संस्कृति अभ्यासलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.