रातोमाटे प्रहरीले ५० हजार बराबरका प्रतिबन्धित पटाका बरामद

हेटौंडा, अशोज २४ गते । मकवानपुरको रातोमाटे प्रहरी चौकीले करिब ५०० प्याकेट प्रतिबन्धित पटाका नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधवार साँझ वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७५५ नम्बरको यात्रुवाहक ईभी गाडीको छतमा लुकाएर ल्याइएका पटाका प्रहरीले नियन्त्रणमा लिएको हो।

बरामद गरिएका करिब ५० हजार रुपैयाँ बराबरका प्रतिबन्धित पटाका रातोमाटे प्रहरी चौकीको टोलीले नियमित चेकजाँचका क्रममा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनासँग सम्बन्धित व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.