माइतीघरमा दीप प्रज्वलन गर्दै बन्धक विपिन जोशीप्रति श्रद्धाञ्जली, यसै साता नेपाल आइपुग्ने शव

काठमाडौं, अशोज २९ । हमासले दुई वर्षअघि इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको समाचार सार्वजनिक भएको दुई दिनपछि काठमाडौंको माइतीघर मण्डलामा बुधबार साँझ दीप प्रज्वलन गरी उनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ।

कार्यक्रममा उनका सहपाठी, मित्र, परिवारका सदस्य तथा सर्वसाधारण सहभागी भएर जोशीको सम्झनामा दीप बाल्दै शोक व्यक्त गरेका थिए। उपस्थितहरूले जोशीको आत्माको चिरशान्तिको कामना गर्दै निर्दोष नागरिकमाथि भएको आक्रमण र हिंसाको विरोध जनाएका थिए।

विपिन जोशी २०२३ अक्टोबरमा इजरेलमा अध्ययनका लागि गएका बेला हमासको आक्रमणपछि बेपत्ता भएका थिए। पछिल्लो हप्तामा इजरेली पक्षले उनी मृत फेला परेको पुष्टि गरेको थियो।

जोशीको शव यसै साता नेपाल आइपुग्ने अपेक्षा गरिएको पारिवारिक स्रोतले जनाएको छ। सरकारले शव ल्याउने प्रक्रिया अघि बढाएको र आवश्यक कागजी कार्य पूरा हुँदै गएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

माइतीघरमा दीप प्रज्वलन गर्दै बन्धक विपिन जोशीप्रति श्रद्धाञ्जली, यसै साता नेपाल आइपुग्ने शव

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

माइतीघरमा दीप प्रज्वलन गर्दै बन्धक विपिन जोशीप्रति श्रद्धाञ्जली, यसै साता नेपाल आइपुग्ने शव

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

माइतीघरमा दीप प्रज्वलन गर्दै बन्धक विपिन जोशीप्रति श्रद्धाञ्जली, यसै साता नेपाल आइपुग्ने शव

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

माइतीघरमा दीप प्रज्वलन गर्दै बन्धक विपिन जोशीप्रति श्रद्धाञ्जली, यसै साता नेपाल आइपुग्ने शव

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

माइतीघरमा दीप प्रज्वलन गर्दै बन्धक विपिन जोशीप्रति श्रद्धाञ्जली, यसै साता नेपाल आइपुग्ने शव

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

माइतीघरमा दीप प्रज्वलन गर्दै बन्धक विपिन जोशीप्रति श्रद्धाञ्जली, यसै साता नेपाल आइपुग्ने शव

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.