“अब त सच्चिनुपर्छ, देस रहे दल रहन्छ” — जसपा उपाध्यक्ष विद्युत बज्राचार्यको केपी ओलीमाथि कडा प्रहार

काठमाडौं, अशोज ३० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गर्दै अहिलेको राजनीतिक अवस्थालाई “देसको स्वाधीनता र स्वाभिमान माथिको ठुलो चुनौती”को संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै नेता बज्राचार्यले भनेका छन् — “केपी ओलीजीको पुनरुत्थान यात्रा सफल भैहाल्यो भने उनलाई मृत्युञ्जयको उपमा दिन सकिन्छ। तर, उनीभित्र आत्मग्लानीको आभास छैन। जनताले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागलाई उनी उदण्ड ठान्दछन्।”

उनले २०४६ सालपछिका तीन दशकदेखि सत्तालाई “म्युजिकल चेयर” बनाएर देशलाई रिङ्याउने काम भएको आरोप लगाउँदै ओली नेतृत्वमा भएका विभिन्न काण्ड — गैरकानुनी जग्गा प्रकरण, सुन काण्ड, लाउडा काण्ड, टेरामक्स काण्ड, नागरिकता र मानब तस्करी काण्ड — ले देशलाई कंगाल बनाएको उल्लेख गरेका छन्।

बज्राचार्यका अनुसार हालैको २३ गतेको जेन-जी पुस्ताद्वारा गरिएको शान्तिपूर्ण प्रदर्शनमा “डलर र भारुका दलाल” घुसपैठ गरी देशको धन-जनको क्षति गराइरहेका बेला ओलीजस्ता नेताले आफ्नै देश र जनतालाई चिन्न नसकेको टिप्पणी गरेका छन्।

उनले थपे — “अब पनि सत्ता–लोभ र दम्भका कारण देश NGO–INGO को चंगुलमा परिसकेको छ। कहिल्यै गुलाम नबनेको देशमा आज विदेशी प्रभावले परेड खेल्न थालेको छ। अब त सचेतना जगाऔं — देश रहे दल रहन्छ, हामी रहन्छौं।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.