हेटौंडा, कार्तिक २ गते । नेपाल प्रहरी प्रधान कार्यालयको २४ गतेको निर्णय अनुसार जनपद समूह तर्फका प्रहरी सहायक निरीक्षक गोकर्ण बहादुर थापाको प्रहरी नायव निरीक्षकमा बढुवा भएसँगै दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले थापालाई दर्ज्यानी चिन्ह अर्पण गर्दै थप जिम्मेवारी र उत्तरदायित्वका साथ कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरूको समेत उपस्थित रहेको थियो।
प्रतिकृया दिनुहोस्
Post Views: 201














