बागमतीका पर्यटन मन्त्री सुरेश श्रेष्ठको ९० दिन: अधुरा भ्युटावर स्थानीय तहमा हस्तान्तरण, नेपाल असुरक्षित भन्ने ‘गलत भाष्य’ चिर्न अभियान

हेटौंडा, मंसिर २ गते । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आफ्नो कार्यभार सम्हालेको करिब ९०/९१ दिन पुगेका अवसरमा प्रदेश सरकारले पर्यटन पूर्वाधारहरूको अनुगमन, संरक्षण र स्थानीय तहमा हस्तान्तरण गर्ने काम गतिशील रूपमा अघि बढिरहेको बताएका छन्।

मन्त्री श्रेष्ठका अनुसार विगतमा निर्माण भएका तर अधुरा र बेवास्ता भएका भ्युटावर, सभा हल लगायतका संरचनाहरू प्रदेशभर अध्ययन हुँदै छ, जसअन्तर्गत सैलुङका गोलघर र सभा हलहरू स्थानीय तहलाई हस्तान्तरण गरिएको छ।

बागमती प्रदेशको मौलिक सांस्कृतिक पहिचान जोगाउन, मध्यपुर ठिमीको ‘जिब्रो छेड्ने’ परम्परा संरक्षणका लागि मन्त्रिपरिषद्ले प्रत्येक वर्ष रु २ लाख बजेट विनियोजन गर्ने निर्णय गरेको उनले जानकारी दिए।

मन्त्री श्रेष्ठका शब्दमा:

“नेपाल सुरक्षित पर्यटन गन्तव्य हो। अहिले देखिएका समस्या राजनीतिक हुन्, पर्यटन सुरक्षासँग प्रत्यक्ष सम्बन्धित होइनन्। नेपाल असुरक्षित छ भन्ने गलत भाष्यलाई चिर्न प्रदेश सरकारले सक्रिय पहल गरिरहेको छ।”

निकट भविष्यमा प्रदेश सरकारले त्रिभुवन पार्कलाई पूर्ण रूपमा प्रदेश मातहत ल्याउने, रोकिएका योजना पुनःसञ्चालन गर्ने र नमोबुद्ध क्षेत्र विकास आदेश तयार पार्ने बताए।

त्यसैगरी चितवनको राइनो पार्कका ढिलासुस्तीका कारणहरूको अध्ययन गरी संरक्षण–पर्यटन उपयोगका योजनाहरू अघि बढाइनेछ। मन्त्री श्रेष्ठका अनुसार हिमाल–पहाड–तराई सबै भूगोल समेटिएको बागमती प्रदेशमा करिब ७०% पर्यटन सम्भावना रहेको छ र रोकिएका संरचनाहरूलाई पुनर्जीवन दिँदै प्रदेशलाई शीर्ष पर्यटन गन्तव्य बनाउने लक्ष्य रहेको छ।

चाडपर्वपछि प्रदेश सरकारले चिनियाँ डिजिटल ब्लगर र कन्टेन्ट क्रिएटरलाई नेपाल भ्रमण गराई अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन अभियान सुरु गरिसकेको र यसलाई अन्य देशका कन्टेन्ट क्रिएटरसम्म विस्तार गरिने उनले बताए।

पर्यटन क्षेत्रका वन, राष्ट्रिय निकुञ्ज र कानुनी अवरोध समाधान गर्न नयाँ पर्यटन तथा सांस्कृतिक ऐनहरूको ड्राफ्ट सदन प्रक्रियातर्फ अघि बढिरहेको पनि उनकाे भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बागमतीका पर्यटन मन्त्री सुरेश श्रेष्ठको ९० दिन: अधुरा भ्युटावर स्थानीय तहमा हस्तान्तरण, नेपाल असुरक्षित भन्ने ‘गलत भाष्य’ चिर्न अभियान

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बागमतीका पर्यटन मन्त्री सुरेश श्रेष्ठको ९० दिन: अधुरा भ्युटावर स्थानीय तहमा हस्तान्तरण, नेपाल असुरक्षित भन्ने ‘गलत भाष्य’ चिर्न अभियान

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बागमतीका पर्यटन मन्त्री सुरेश श्रेष्ठको ९० दिन: अधुरा भ्युटावर स्थानीय तहमा हस्तान्तरण, नेपाल असुरक्षित भन्ने ‘गलत भाष्य’ चिर्न अभियान

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बागमतीका पर्यटन मन्त्री सुरेश श्रेष्ठको ९० दिन: अधुरा भ्युटावर स्थानीय तहमा हस्तान्तरण, नेपाल असुरक्षित भन्ने ‘गलत भाष्य’ चिर्न अभियान

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बागमतीका पर्यटन मन्त्री सुरेश श्रेष्ठको ९० दिन: अधुरा भ्युटावर स्थानीय तहमा हस्तान्तरण, नेपाल असुरक्षित भन्ने ‘गलत भाष्य’ चिर्न अभियान

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बागमतीका पर्यटन मन्त्री सुरेश श्रेष्ठको ९० दिन: अधुरा भ्युटावर स्थानीय तहमा हस्तान्तरण, नेपाल असुरक्षित भन्ने ‘गलत भाष्य’ चिर्न अभियान

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.