शैलुङ्गका दुई पर्यटन संरचना गाउँपालिकालाई हस्तान्तरण, प्रदेशले सुरु गर्‍यो पूर्वाधार सञ्चालनको अभियान

हेटौँडा, मंसिर ३ गते । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले दोलखास्थित शैलुङ्ग गाउँपालिकामा निर्माण सम्पन्न भएका दुई महत्वपूर्ण पर्यटन संरचना—शैलुङ्ग गोलघर र शैलुङ्ग कम्युनिटी लज—औपचारिक रूपमा स्थानीय तहलाई हस्तान्तरण गरेको छ। पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि–२०८१ अनुसार २०८२ मंसिर २ गतेदेखि यी संरचनाहरूको संरक्षण, सञ्चालन र व्यवस्थापनको जिम्मेवारी अब गाउँपालिकाकै हातमा पुगेको हो।

शैलुङ्ग गाउँपालिका–१ मा निर्माण भएको गोलघर र वडा नम्बर–८ मा बनेको कम्युनिटी लज हेटौँडास्थित पर्यटन विकास आयोजनाले विभिन्न आर्थिक वर्षमा सम्पन्न गरेका आयोजना हुन्। मन्त्रालयका अनुसार यिनै संरचनाहरू हस्तान्तरण प्रक्रियाको पहिलो चरण हुन्।

संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले निर्माण सम्पन्न भइसके पनि पालिकामा नहस्तान्तरण हुँदा संरचनाहरू बेवारिसे जस्तै भई बिग्रने जोखिम रहेको बताउँदै, मन्त्रीमा जिम्मेवारी सम्हालेको पहिलो दिनदेखि नै स्थलगत अनुगमन गर्दै हस्तान्तरण प्रक्रिया अघि बढाएको जानकारी दिए। उनका अनुसार, “हामीले बनाएका पूर्वाधारलाई समयमै स्थानीयको जिम्मामा नदिँदा लगानीको प्रतिफल नआउने भएकाले तत्कालै हस्तान्तरणको काम सुरु गरेका हौँ।”

मन्त्री श्रेष्ठले आगामी मंसिर ७ गते नुवाकोटको ककनीमा निर्माण सम्पन्न भ्यूटावर र मल्टिपर्पोज हल हस्तान्तरण गर्ने तयारी पूरा भएको र केही समयमै चिम्टेश्वर भ्यूटावर पनि हस्तान्तरण प्रक्रियामा रहेको जानकारी दिए। मन्त्रालयले प्रदेशभर निर्माण भएका सबै संरचनाहरू क्रमिक रूपमा स्थानीय तहमा जिम्मा लगाइने बताएको छ।

प्रदेशका संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुवेदीका अनुसार, लामो समय थन्किएर बसेका संरचनाबाट प्रतिफल नआउने समस्यालाई समाधान गर्न मन्त्रालयले पर्यटन पूर्वाधार हस्तान्तरण कार्यविधि–२०८१ लागू गरेको हो। “उद्देश्यअनुसार संरचनाहरू चलोस र स्थानीय आम्दानी बढोस भन्ने हेतुले कार्यविधि अनुसारै शैलुङ्गका पूर्वाधार हस्तान्तरण गरिएको हो,” उनले भने ।

आयोजना प्रमुख रोशन श्रीवास्तवले २०७६ सालदेखि बहुवर्षीय योजनाका रूपमा सुरु भएका परियोजनाहरूको समग्र मूल्यांकनपछि आवश्यक मर्मतसहित हस्तान्तरण गरिएको बताएको छ। संरचना हस्तान्तरणसँगै पालिकाको पर्यटन आम्दानी बढ्ने शैलुङ्ग गाउँपालिकाका अध्यक्ष रिमल बाबु श्रेष्ठले बताए। “हामीले धेरैअघि नै यी संरचना पालिकालाई दिन माग गरे पनि मन्त्री सुरेश श्रेष्ठ आएपछि मात्र प्रक्रिया पूरा भएको छ। अब पालिका र प्रदेश दुवैको आम्दानी बढ्ने विश्वास छ,” उनले आफ्नो प्रतिक्रिया दिए।

हस्तान्तरण कार्यक्रममा मन्त्री सुरेश श्रेष्ठ, सचिव दीपेन्द्र सुवेदी, आयोजना प्रमुख श्रीवास्तव, गाउँपालिका अध्यक्ष श्रेष्ठ, कार्यकारी अधिकृत सन्जीव न्यौपाने र वडा अध्यक्ष वीर बहादुर घतानीको उपस्थिति थियो। हस्तान्तरण भएका दुवै संरचनाबाट हुने आम्दानी ३० प्रतिशत प्रदेशलाई र ७० प्रतिशत गाउँपालिकालाई रहने व्यवस्था मिलाइएको छ।

हेर्नुहोस्। दुईपक्षीय सम्झौता पत्र र हस्तान्तरण पत्र !! 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

शैलुङ्गका दुई पर्यटन संरचना गाउँपालिकालाई हस्तान्तरण, प्रदेशले सुरु गर्‍यो पूर्वाधार सञ्चालनको अभियान

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

शैलुङ्गका दुई पर्यटन संरचना गाउँपालिकालाई हस्तान्तरण, प्रदेशले सुरु गर्‍यो पूर्वाधार सञ्चालनको अभियान

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

शैलुङ्गका दुई पर्यटन संरचना गाउँपालिकालाई हस्तान्तरण, प्रदेशले सुरु गर्‍यो पूर्वाधार सञ्चालनको अभियान

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

शैलुङ्गका दुई पर्यटन संरचना गाउँपालिकालाई हस्तान्तरण, प्रदेशले सुरु गर्‍यो पूर्वाधार सञ्चालनको अभियान

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

शैलुङ्गका दुई पर्यटन संरचना गाउँपालिकालाई हस्तान्तरण, प्रदेशले सुरु गर्‍यो पूर्वाधार सञ्चालनको अभियान

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

शैलुङ्गका दुई पर्यटन संरचना गाउँपालिकालाई हस्तान्तरण, प्रदेशले सुरु गर्‍यो पूर्वाधार सञ्चालनको अभियान

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.