दुधौलीमा माछा मार्न निस्किएका वृद्धको कमला खोलामा डुबेर मृत्यु

सिन्धुली, मंसिर १५ गते । दुधौली नगरपालिका–६ भर्ताहीका ६५ वर्षीय अम्मरबहादुर विकको माछा मार्न जाने क्रममा कमला खोलामा डुबेर मृत्यु भएको छ। मंसिर १४ गते साँझ करिब ५ बजे घरबाट “माछा मार्न जाँदैछु” भन्दै निस्किएका विक रातभरि घर नफर्केपछि परिवारले तत्काल खोजतलास सुरु गरेको थियो।

थप खोजीका क्रममा मंसिर १५ गते बिहान ११:३० बजे दुधौली–६ स्थित कमला खोलाको एक दहमा विक उत्तानो अवस्थामा डुबेको अवस्थामा फेला परेका स्थानीयले बताए। घटनास्थल देखिनेबित्तिकै करिब ११:४० बजे प्रहरी चौकी हर्षाहीमा खबर गरिएको थियो।

सूचना पाएसँगै प्र.स.नि अकिल खड्काको नेतृत्वमा प्रहरी टोली केही मिनेटमै घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय डकाहाबाट प्र.नि सपना खड्काको कमान्डमा मुचुल्का तथा अनुसन्धान टोली परिचालन गरी आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दुधौलीमा माछा मार्न निस्किएका वृद्धको कमला खोलामा डुबेर मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

दुधौलीमा माछा मार्न निस्किएका वृद्धको कमला खोलामा डुबेर मृत्यु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

दुधौलीमा माछा मार्न निस्किएका वृद्धको कमला खोलामा डुबेर मृत्यु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

दुधौलीमा माछा मार्न निस्किएका वृद्धको कमला खोलामा डुबेर मृत्यु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

दुधौलीमा माछा मार्न निस्किएका वृद्धको कमला खोलामा डुबेर मृत्यु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

दुधौलीमा माछा मार्न निस्किएका वृद्धको कमला खोलामा डुबेर मृत्यु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.