जेन जि फोर्स मकवानपुरद्वारा ‘एकतर्फी दमन’ तत्काल रोक्न तथा गिरफ्तार युवाहरूको रिहाइको माग

हेटौँडा, मंसिर २४ गते । समाजवादी जेन्जी फोर्स मकवानपुरले हालै जारी गरेको प्रेस विज्ञप्तिमा जेन जि आन्दोलनमा सहभागी युवामाथि भइरहेको ‘एकतर्फी दमन’ तत्काल रोक्न माग गरेको छ। संस्थाले महान जेन जि आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूलाई सम्मान व्यक्त गरेको छ।

विज्ञप्तिमा जेन्जी आन्दोलनको बलिदानका आधारमा बनेको संगठन भ्रष्टाचाररहित सुशासनका पक्षमा सधैं दृढ रहेको उल्लेख गर्दै, आन्दोलनका क्रममा भएका घटनाहरूलाई संस्थागत रूपमा सम्हाली नरसंहारकारी अपराधीलाई कानूनी प्रक्रियामा ल्याउन आग्रह गरिएको छ।

जेन जि फोर्सले आन्दोलनमा संलग्न भएको आरोपमा गरिएका गिरफ्तारीलाई अन्यायपूर्ण भन्दै जघन्य अपराध बाहेकका सबै कैदीबन्दी जेन जि समर्थकलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको छ।

२०८२ भदौ २४ गतेको घटनासँग सम्बन्धित मामिलामा मकवानपुर जिल्ला अदालतको आदेशपछि हेटौडा–११ का सुजन अधिकारी र सुरेन्द्र राणा मगरलाई थप अनुसन्धानका लागि भीमफेदी कारागार पठाइएको उल्लेख छ। त्यस्तै, जिल्ला प्रशासन कार्यालयले धरौटीमा छाडेपछि पनि जेन जि समर्थक सागर घतानीलाई पुनः प्रहरीले गिरफ्तार गरेको र बक्सर भनिने व्यक्तिलाई पनि हिरासतमा राखिएको फोर्सले जनाएको छ।

फोर्सले घटनाको मुख्य कारकलाई बेवास्ता गरेर केवल सहभागी युवामाथि कारबाही गर्नु न्यायसंगत नभएको बताएको छ। आन्दोलनका क्रममा भएका चोरी, डकैती, लुटपाट र हातहतियार कब्जा जस्ता गम्भीर मुद्दाबाहेकका अन्य घटनालाई आममाफी दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनलाई संस्थागत गर्दै न्यायिक समाधान खोज्न सबै पुस्ता र समर्थकलाई एकताबद्ध हुन अपील गर्दै, आफ्नो माग तत्काल संबोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेन जि फोर्स मकवानपुरद्वारा ‘एकतर्फी दमन’ तत्काल रोक्न तथा गिरफ्तार युवाहरूको रिहाइको माग

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

जेन जि फोर्स मकवानपुरद्वारा ‘एकतर्फी दमन’ तत्काल रोक्न तथा गिरफ्तार युवाहरूको रिहाइको माग

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

जेन जि फोर्स मकवानपुरद्वारा ‘एकतर्फी दमन’ तत्काल रोक्न तथा गिरफ्तार युवाहरूको रिहाइको माग

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

जेन जि फोर्स मकवानपुरद्वारा ‘एकतर्फी दमन’ तत्काल रोक्न तथा गिरफ्तार युवाहरूको रिहाइको माग

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

जेन जि फोर्स मकवानपुरद्वारा ‘एकतर्फी दमन’ तत्काल रोक्न तथा गिरफ्तार युवाहरूको रिहाइको माग

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

जेन जि फोर्स मकवानपुरद्वारा ‘एकतर्फी दमन’ तत्काल रोक्न तथा गिरफ्तार युवाहरूको रिहाइको माग

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.