माओवादी केन्द्रका पूर्व मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलानद्वारा पार्टी त्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा

मनहरी, मंसिर २५ गते । करिब तीन दशकदेखि माओवादी आन्दोलनमा सक्रिय भूमिका खेल्दै आएका माओवादी केन्द्रका नेता तथा मनहरी गाउँ समिति (पूर्व मनहरी गाउँ समिति) का तत्कालीन अध्यक्ष आनन्द घलान (वीरबहादुर) ले पार्टी परित्याग गरेका छन्।

उनले मंसिर २५ गते जारी गरेको प्रेस विज्ञप्तिमार्फत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को साधारण सदस्यता तथा सबै जिम्मेवारीबाट मुक्त रहँदै स्वतन्त्र राजनीतिक यात्रामा अघि बढ्ने घोषणा गरेका हुन्।

घलानले जनयुद्धकालदेखि रूपान्तरणको सम्पूर्ण चरणमा आफूले सक्दो योगदान गरेको उल्लेख गर्दै पार्टीको हालको नीतिहरू जनआकांक्षा र जनयुद्धका मर्मबाट क्रमशः टाढिँदै गएको महसुस भएको बताएका छन्। विचार, सिद्धान्त र व्यवहारबीच बढ्दो दूरीले फरक मार्ग रोज्न बाध्य भएको उनको भनाइ छ।

“मेरा लागि राजनीति व्यक्तिगत पद वा लाभका लागि होइन। देश, जनता र इतिहासले दिएको जिम्मेवारी पूरा गर्ने सत्यनिष्ठा नै मूल प्रेरणा हो,” विज्ञप्तिमा उनले उल्लेख गरेका छन्।

घलानले पार्टी नेतृत्व, सहकर्मी र जनताले देखाएको विश्वास र साथका लागि कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि सद्भावना पाउने आशा व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

माओवादी केन्द्रका पूर्व मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलानद्वारा पार्टी त्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

माओवादी केन्द्रका पूर्व मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलानद्वारा पार्टी त्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

माओवादी केन्द्रका पूर्व मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलानद्वारा पार्टी त्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

माओवादी केन्द्रका पूर्व मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलानद्वारा पार्टी त्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

माओवादी केन्द्रका पूर्व मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलानद्वारा पार्टी त्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

माओवादी केन्द्रका पूर्व मनहरी गाउँ समिति अध्यक्ष आनन्द घलानद्वारा पार्टी त्याग गर्दै नयाँ राजनीतिक यात्राको घोषणा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.