विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

काठमाडौं, पुस १ गते । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ परेका छन्। विभिन्न नामले परिचित ५० वर्षीय लामा मंगलबार काठमाडौंको कपन क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार पाँचथरमा दर्ता रहेको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा फरार रहेकाले उनलाई पक्राउ गरिएको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठले लामाविरुद्धको उक्त मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा रहेको जानकारी दिएका छन्।

लामा यसअघि २०६८ सालमा काठमाडौंको बबरमहलमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा पनि पक्राउ परेका थिए। उक्त विस्फोटमा तीन जनाको ज्यान गएको थियो। घटनापछि उनी फरार रहे पनि प्रहरीले अनुसन्धान पूरा गरी अभियोजन गरेको थियो।

त्यसैगरी, २०६९ साल असार महिनामा पाँचथरको भुसपातेबाट विस्फोटक पदार्थसहित पक्राउ परेका लामालाई काठमाडौं ल्याइएको थियो। तर, सो घटनासँग सम्बन्धित पाँचथरमा दर्ता भएको मुद्दा लामो समयदेखि टुंगो नलागी विचाराधीन अवस्थामा नै रहेको सीआईबीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

विस्फोटक मुद्दामा फरार श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.