एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

काठमाडौं, पुस १ गते । नेकपा एमालेको नेतृत्व चयनका लागि तय गरिएको मतदान प्रक्रिया अन्तिम समयमा आएर स्थगित भएको छ। आज साँझबाट मतदान सुरू हुने कार्यतालिका रहे पनि प्राविधिक तयारी अपूरो र चिसो मौसमका कारण प्रक्रिया एक दिन पछाडि धकेलिएको हो।

पार्टी महासचिव शंकर पोखरेलले विद्युतीय माध्यमबाट हुने मतदानको प्राविधिक परीक्षण गर्न थप समय आवश्यक परेको जनाउँदै आजका लागि मतदान स्थगित गरिएको जानकारी दिए। उनका अनुसार अब मतदान भोलि (बुधबार) बिहान ८ बजेदेखि सुरू हुनेछ।

यसअघि केन्द्रीय निर्वाचन आयोगले साँझ ७ बजेदेखि मतदान सुरू हुने तालिका सार्वजनिक गरेको थियो। सोही अनुसार प्रतिनिधिहरू साढे ६ बजेदेखि नै मतदान स्थलमा लाइनमा बसेका थिए। अध्यक्षका आकांक्षी केपी शर्मा ओली र ईश्वर पोखरेल पनि मतदानमा सहभागी हुन भृकुटीमण्डप पुगिसकेका थिए।

अध्यक्ष पदका लागि ओली र पोखरेल समूहले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन्। मतदान स्थगित भएपछि प्रतिनिधिहरू फर्किएका छन् भने अब सबैको ध्यान भोलि बिहान सुरू हुने निर्वाचन प्रक्रियातर्फ केन्द्रित भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

एमाले नेतृत्व चयनको मतदान एक दिन पर सर्यो, भोलि बिहानदेखि प्रक्रिया सुरू

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.