श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

काठमाडौं, पुस १ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय महासचिव आर्यन राईले पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा (विश्वक्रान्ति/राजकुमार तामाङ) पक्राउ परेको घटनाबारे गम्भीर प्रश्न उठाउँदै यसमा राजनीतिक प्रतिशोधको आशंका देखिएको बताएका छन्।

करिब ७ मिनेट ११ सेकेन्डको भिडियो सन्देशमार्फत महासचिव राईले मंगलबार बिहान ११ बजे देवराज लामालाई आफ्नै निवासबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेपछि आफू स्वयं सीआईबी कार्यालय पुगेर बुझ्ने प्रयास गरेको जानकारी दिए। उनका अनुसार पक्राउ परेका लामा अहिले काठमाडौँबाट पाँचथर जिल्ला लगिएका छन्।

महासचिव राईका अनुसार पाँचथर जिल्लामा लामामाथि विगतका केही मुद्दा रहेको भन्ने जानकारी प्राप्त भएको छ। उनले सोही सिलसिलामा सम्बन्धित जिल्ला कार्यालयका डीएसपीसँग संक्षिप्त जानकारीसमेत लिएको बताए।

राईले देवराज लामाको विगत राजनीतिक पृष्ठभूमि उल्लेख गर्दै २०६७ सालतिर ‘विश्वक्रान्ति’ नामक अभियान सञ्चालन गरिएको स्मरण गराए। सो अभियानमार्फत पूर्ण समानुपातिक समावेशी व्यवस्था, धर्मनिरपेक्ष संघीयता, प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, महँगी र भ्रष्टाचार अन्त्य, खुला सिमानामा काडेतार, राष्ट्रघाती सन्धिहरूको पुनरावलोकन, विदेशी हस्तक्षेप अन्त्य, उद्योगधन्दा पुनःसञ्चालन तथा रोजगारी सिर्जनाजस्ता माग अघि सारिएको उनले बताए।

महासचिव राईका अनुसार ती मागहरू शान्तिपूर्ण रूपमा अघि बढाइए पनि राज्यको बेवास्तापछि २०६७ सालमा केही हिंसात्मक घटनासँग जोडिएका आरोपहरू लगाइएको थियो। सोही क्रममा २०६९ साल असार ११ गते पाँचथरबाट पक्राउ परेका देवराज लामा असार १३ गते सार्वजनिक भई अदालतबाट दोषी ठहर भएसँगै २०७६ साल फागुन ७ गतेसम्म जेल सजाय भुक्तानी गरेर मुक्त भएको जानकारी उनले दिए।

उनले प्रश्न गर्दै भने, “यदि कुनै मुद्दा बाँकी नै थियो भने १३ वर्षसम्म किन ओझेलमा राखियो ?” साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा झापाबाट देवराज लामाले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लड्न पाउनु पनि उनी निर्दोष भएको बलियो आधार भएको दाबी गरे।

महासचिव राईले रवि लामिछानेको सहकारी प्रकरणसँग तुलना गर्दै समान प्रकृतिका मुद्दा भएमा विभिन्न जिल्लामा समानान्तर रूपमा प्रक्रिया अघि बढ्ने भए पनि देवराज लामाको हकमा लामो समयसम्म मुद्दा नउठाइनु ठूलो त्रुटि भएको बताए। पार्टीको प्रारम्भिक अनुसन्धानले पनि प्रक्रियागत कमजोरी देखाएको उनको भनाइ छ।

उनले कृत्रिम प्रमाणका आधारमा निर्दोषलाई फसाउने प्रयास भए पार्टीले कडा भर्त्सना गर्ने चेतावनी दिए। साथै देश–विदेशमा रहेका श्रम संस्कृति पार्टीका समर्थक, शुभेच्छुक र श्रमदाताहरूलाई अन्योलमा नपर्न र हतोत्साहित नहुन आग्रह गर्दै पार्टी सदैव निष्पक्ष न्यायको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामा पक्राउ राजनीतिक प्रतिशोध हुन सक्ने आशंका : महासचिव आर्यन राई

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.