जेन जि विद्रोह १०० दिन पुगेको घोषणा: संविधानमा मुद्दा नबस्दासम्म आन्दोलन रोकिन्न

काठमाडौँ, पुस ३ गते । जेन जि विद्रोहले १०० औँ दिन पूरा गरेको अवसरमा जेन जि मुभमेन्ट नेपालले आफ्ना मूल माग संविधानमै संस्थागत नभएसम्म शान्तिपूर्ण तर दृढ संघर्ष निरन्तर जारी रहने स्पष्ट सन्देश दिएको छ।

जेन जिका अगुवा रवि किरण हमालद्वारा जारी प्रेस वक्तव्यमा नवोदित पुस्ताले राष्ट्र र जनताका पक्षमा देखाएको साहस, त्याग र बलिदानलाई नेपालको राजनीतिक इतिहासमा स्मरणीय अध्यायका रूपमा चित्रण गरिएको छ। आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना र सहिद परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

वक्तव्यमा जेन जि विद्रोहलाई क्षणिक असन्तोषको परिणाम नभई राज्य संरचनाभित्र गहिरो रूपमा जरा गाडेर बसेको असमानता, कुशासन, राजनीतिक अस्थिरता र लुटतन्त्रविरुद्धको ऐतिहासिक जनआन्दोलनका रूपमा व्याख्या गरिएको छ। आन्दोलनका प्रमुख मागहरू— प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, सार्वजनिक संस्थाहरूको आमूल पुनर्संरचना, तथा विगत तीन दशकदेखि देश लुट्नेहरूलाई कानुनी कठघरामा उभ्याएर लुटिएको राष्ट्रिय सम्पत्ति राष्ट्रियकरण— संविधानमा समेटिनैपर्ने निष्कर्षमा वक्तव्य पुगेको छ।

यसै क्रममा, सुशीला कार्की नेतृत्वको समूहले जनजीविद्रोहलाई अपहरण गर्दै जनताको बलिदानमाथि टेकेर सत्ता कब्जा गर्न खोजेको आरोप लगाइएको छ। यस्तो प्रयासले विद्रोहको मूल भावना र जनआकांक्षामाथि गम्भीर धोका दिएको दाबी गरिएको छ।

फागुन २१ मा प्रस्तावित निर्वाचन वा संसद् पुनर्स्थापनाले वर्तमान राजनीतिक तथा संवैधानिक संकट समाधान गर्न नसक्ने ठहर गर्दै त्यस दिशामा अघि बढे गम्भीर परिणाम आउन सक्ने चेतावनीसमेत दिइएको छ। बरु, सर्वपक्षीय सरकार गठन गरी संविधान पुनर्लेखन गर्नु नै आजको अपरिहार्य आवश्यकता भएको वक्तव्यमा उल्लेख छ।

अन्त्यमा, जेन जि मुभमेन्ट नेपालले सम्पूर्ण देशवासीलाई निराश नभई आशावादी बन्न, विभाजन होइन एकतामा जोडिन र जेन जि जनजीविद्रोहका मुद्दाहरू संविधानमा संस्थागत नहुन्जेलसम्म संघर्षमा साथ दिन आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जेन जि विद्रोह १०० दिन पुगेको घोषणा: संविधानमा मुद्दा नबस्दासम्म आन्दोलन रोकिन्न

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

जेन जि विद्रोह १०० दिन पुगेको घोषणा: संविधानमा मुद्दा नबस्दासम्म आन्दोलन रोकिन्न

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

जेन जि विद्रोह १०० दिन पुगेको घोषणा: संविधानमा मुद्दा नबस्दासम्म आन्दोलन रोकिन्न

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

जेन जि विद्रोह १०० दिन पुगेको घोषणा: संविधानमा मुद्दा नबस्दासम्म आन्दोलन रोकिन्न

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

जेन जि विद्रोह १०० दिन पुगेको घोषणा: संविधानमा मुद्दा नबस्दासम्म आन्दोलन रोकिन्न

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

जेन जि विद्रोह १०० दिन पुगेको घोषणा: संविधानमा मुद्दा नबस्दासम्म आन्दोलन रोकिन्न

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.