कपिलवस्तु, पुस २१ गते । कपिलवस्तुमा स्कुल बस दुर्घटना हुँदा ७ जना विद्यार्थी घाइते भएका छन्। दुर्घटना आज बिहान करिब ९:१० बजे कपिलवस्तु जिल्लाको मायादेबी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडकखण्डमा भएको हो।
फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङ स्कुल, सुद्धोधन गाउँपालिका–१ बगदीको विद्यार्थी बोकेको स्कुल बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ७ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिमा (ओभर स्पिड) चलाइएकै कारण दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 81














