Day: २०८२ पुष २१, सोमबार २२:०६

हेटौंडा–११ डाङ डुङ्गे डाँडाको चौर र पानी ट्याङ्की निर्माणमा बजेट दुरुपयोगको आशंका, सामाजिक अभियन्ताद्वारा अनुगमन

हेटौंडा–११ डाङ डुङ्गे डाँडाको चौर र पानी ट्याङ्की निर्माणमा बजेट दुरुपयोगको आशंका, सामाजिक अभियन्ताद्वारा अनुगमन

हेटौंडा, पुस २१ गते । हेटौंडा उपमहानगरपालिका–११ स्थित डाङ डुङ्गे डाँडामा चौर, पानी ट्याङ्की लगायतका संरचना निर्माणका लागि विनियोजित सरकारी बजेट दुरुपयोग तथा अनियमितता भएको आशंकामा सामाजिक अभियन्ता विशालराज महतले स्थलगत अनुगमन गरेका छन्। सेवा सहयोग र आवाज हामीका अध्यक्षसमेत रहेका अभियन्ता महतले स्थानीय युवाहरूबाट आएको जनगुनासोको आधारमा उक्त स्थानको अवलोकन गरेका हुन्। अनुगमनका क्रममा कागजी रूपमा विनियोजित बजेटअनुसारको भौतिक काम स्थलमा स्पष्ट रूपमा नदेखिएको उनले बताएका छन्। अनुगमनपछि रेडियो भरोसासँग कुराकानी गर्दै अभियन्ता महतले भने, “बजेट त विनियोजन भएको देखिन्छ, तर त्यसअनुसारको काम मैदानमा देखिँदैन। कागजमा देखाइएको खर्च र आँखाले देखिने संरचनाबीच मेल खाएको पाइएन।” यस विषयमा बुझ्न अभियन्ता…
Read More
अस्थिरता नफैलाउन दिभेष शाक्यको अपिल: “संयम, शान्ति र आपसी सम्मान आजको आवश्यकता

अस्थिरता नफैलाउन दिभेष शाक्यको अपिल: “संयम, शान्ति र आपसी सम्मान आजको आवश्यकता

हेटौंडा, पुस २१ गते । देशका विभिन्न स्थानमा देखिँदै आएको सामाजिक अस्थिरता र तनावप्रति ध्यानाकर्षण गराउँदै भैरव समूहका संयोजक दिभेष शाक्यले सबै नेपालीलाई संयमित, जिम्मेवार र शान्तिपूर्ण व्यवहार गर्न आग्रह गरेका छन्। शाक्यले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा हाल देखिएका असमझदारी, मतभेद र अफवाहका कारण शान्ति तथा सुरक्षामा असर पर्न सक्ने भन्दै त्यसप्रति सचेत रहन सबैलाई आह्वान गरेका हुन्। उनले हिंसा, द्वन्द्व वा विवादबाट कुनै समाधान ननिस्कने उल्लेख गर्दै धार्मिक, जातीय तथा सांस्कृतिक विविधताको सम्मान गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। साथै, अफवाह र गलत सूचनाले समाजमा थप तनाव सिर्जना गर्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेका…
Read More
कपिलवस्तुमा स्कुल बस पल्टिँदा ७ विद्यार्थी घाइते, अवस्था सामान्य

कपिलवस्तुमा स्कुल बस पल्टिँदा ७ विद्यार्थी घाइते, अवस्था सामान्य

कपिलवस्तु, पुस २१ गते । कपिलवस्तुमा स्कुल बस दुर्घटना हुँदा ७ जना विद्यार्थी घाइते भएका छन्। दुर्घटना आज बिहान करिब ९:१० बजे कपिलवस्तु जिल्लाको मायादेबी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडकखण्डमा भएको हो। फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङ स्कुल, सुद्धोधन गाउँपालिका–१ बगदीको विद्यार्थी बोकेको स्कुल बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ७ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिमा (ओभर स्पिड) चलाइएकै कारण दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान…
Read More
डम्पिङ साइटको आगलागी लापरबाही कि संरक्षित अपराध? ठोस निर्णय माग्दै नागरिकको आक्रोश

डम्पिङ साइटको आगलागी लापरबाही कि संरक्षित अपराध? ठोस निर्णय माग्दै नागरिकको आक्रोश

हेटौंडा, पुस २१ गते । हेटौंडा उपमहानगरपालिकाको डम्पिङ साइटमा आज पुनः आगलागी भएको छ। यो घटना कुनै आकस्मिक दुर्घटना नभई पटक–पटक दोहोरिँदै आएको गम्भीर समस्या भएको भन्दै नागरिक स्तरबाट कडा प्रश्न उठाइएको छ। सेवा, सहयोग र आवाज समूहका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा डम्पिङ साइटमा भइरहने आगलागीलाई संस्थागत लापरबाही र गैरजिम्मेवारीको परिणाम भएको उल्लेख गरेका छन्। आगलागीका कारण फोहोर मात्र नभई जनस्वास्थ्य, वातावरण र भविष्यसमेत जलेको उनको भनाइ छ। उनले आगलागीबाट निस्कने धुवाँका कारण बालबालिका, वृद्ध तथा दीर्घरोगीहरू प्रत्यक्ष प्रभावित भइरहेको अवस्थामा पनि सम्बन्धित स्थानीय सरकार मौन बसेको आरोप लगाएका छन्। पटक–पटक यस्ता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.