अस्थिरता नफैलाउन दिभेष शाक्यको अपिल: “संयम, शान्ति र आपसी सम्मान आजको आवश्यकता

हेटौंडा, पुस २१ गते । देशका विभिन्न स्थानमा देखिँदै आएको सामाजिक अस्थिरता र तनावप्रति ध्यानाकर्षण गराउँदै भैरव समूहका संयोजक दिभेष शाक्यले सबै नेपालीलाई संयमित, जिम्मेवार र शान्तिपूर्ण व्यवहार गर्न आग्रह गरेका छन्।

शाक्यले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सन्देशमा हाल देखिएका असमझदारी, मतभेद र अफवाहका कारण शान्ति तथा सुरक्षामा असर पर्न सक्ने भन्दै त्यसप्रति सचेत रहन सबैलाई आह्वान गरेका हुन्।

उनले हिंसा, द्वन्द्व वा विवादबाट कुनै समाधान ननिस्कने उल्लेख गर्दै धार्मिक, जातीय तथा सांस्कृतिक विविधताको सम्मान गर्नु सबैको साझा दायित्व भएको बताएका छन्। साथै, अफवाह र गलत सूचनाले समाजमा थप तनाव सिर्जना गर्ने भएकाले यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्।

“संवाद, समझदारी र सहकार्यबाट मात्रै समाज बलियो बन्छ,” शाक्यले सन्देशमा उल्लेख गरेका छन्। सुरक्षा, शान्ति र भाइचारा नेपाली समाजको साझा धरोहर भएको उल्लेख गर्दै उनले सबै मिलेर सुरक्षित र समृद्ध समाज निर्माण गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

उनको सन्देशमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति कायम राख्न, एकअर्कालाई सम्मान गर्न र कुनै पनि प्रकारको अस्थिरता फैलिन नदिन एकजुट हुन आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.