ज्ञानदीपको रजत जयन्तीमा खेलकुदको उत्साह, आन्तरिक प्रतियोगिता सुरु

हेटौंडा, माघ ११ गते । ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयको २५ औँ स्थापना दिवसको अवसरमा आन्तरिक प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम भव्य रूपमा सुरु भएको छ। रजत जयन्तीलाई स्मरणीय बनाउने उद्देश्यसहित आयोजित खेलकुद कार्यक्रमको उद्घाटनसँगै कक्षा ८ र ९ का विद्यार्थीबीच कक्षागत प्रतियोगिताहरू सम्पन्न भएका छन्।

उद्घाटन दिनमै विभिन्न दौड तथा सटपुट प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो खेलकुद प्रतिभा प्रदर्शन गरेका थिए। १००×४ छात्र रिले दौडमा युनिक घलान, समृत सापकोटा, आङ्तेन मोक्तान र आदर्श श्रेष्ठको टिम प्रथम बनेको छ भने ४०० मिटर र १०० मिटर दौडतर्फ कक्षा ८ र ९ का छात्र–छात्राले उत्कृष्ट प्रदर्शन गर्दै पदक सुरक्षित गरेका छन्।

त्यसैगरी, छात्रा वर्गतर्फ सदिक्षा थोकर, पुष्पा तिमल्सिना, प्रकृति पुडासैनीलगायत विद्यार्थीले दौड तथा सटपुटमा अग्रता हासिल गर्दै दर्शकको ध्यान ताने। सटपुट प्रतियोगितामा छात्र र छात्रा दुवै समूहबाट विभिन्न विद्यार्थी विजेता घोषित भएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विजेताहरूलाई माघ १८ गते औपचारिक कार्यक्रमका बीच मेडल, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने विद्यालय प्रशासनले जनाएको छ।

खेलकुद कार्यक्रम अन्तर्गत भोलि कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका विद्यार्थीका लागि छुट्टै खेलकुद प्रतियोगिता विद्यालय प्राङ्गणमै आयोजना गरिनेछ। ज्ञानदीपको रजत जयन्ती अवसरमा सञ्चालन भइरहेको यस खेलकुद कार्यक्रमले विद्यार्थीमा अनुशासन, सहकार्य र प्रतिस्पर्धात्मक भावना विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.