स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

हेटौँडा, फागुन ४ गते । आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि “स्वतन्त्र उम्मेदवार मकवानपुर क्षेत्र नम्बर १ का अमिक परियार” ले आज हेटौंडा उपमहानगरपालिका–हटियामा पत्रकार सम्मेलन गर्दै आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।

घरदैलो अभियानका क्रममा मतदातालाई आफ्ना एजेन्डा र प्रतिबद्धता स्पष्ट रूपमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलन आयोजना गरिएको परियारले बताए। उनले “सुशासन, विकास र पारदर्शतासहित पृथ्वीपथमा मार्गदर्शन” भन्ने मूल नारासहित करिब २८ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा किसानका समस्या समाधान गर्न कानुन निर्माण, कृषि उद्योग र व्यवसायमा आधारित वार्षिक ५ हजार रोजगारी सिर्जना, प्रत्येक वडामा कृषि उपज खरिद–बिक्री केन्द्र स्थापना गरी वैज्ञानिक मूल्य निर्धारण, भूमिहीन कृषकलाई जमिन उपलब्ध गराउने तथा कृषि क्षेत्रमा बिचौलिया प्रथा अन्त्य गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ।

त्यस्तै, आत्मनिर्भर युवा अभियान सञ्चालन, विदेशमा रहेका युवालाई स्वदेश फर्काई स्वरोजगार बनाउने, सूचना प्रविधि, एआई र डिजिटल अर्थतन्त्रलाई राष्ट्रिय प्राथमिकतामा राख्ने, ‘मेड इन नेपाल’ अभियानमार्फत स्थानीय उत्पादनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने प्रतिबद्धता पनि घोषणापत्रमा उल्लेख छ।

प्रत्येक महिनामा एक वडामा सभासद र नागरिकबीच सार्वजनिक सुनुवाइ, घुस खाने र दिने दुवैलाई सामाजिक दण्ड सजायको कानुन, स्वतन्त्र न्यायपालिका, महिला तथा बालअधिकार संरक्षण, प्राविधिक तथा व्यावसायिक शिक्षा अनिवार्य गर्ने जस्ता विषयलाई समेत परियारले आफ्नो एजेन्डामा समेटेका छन्।

स्वतन्त्र उम्मेदवार परियारले आफ्नो चुनावी चिन्ह ‘काउली’ मा मतदान गर्न मकवानपुर क्षेत्र नम्बर १ का सम्पूर्ण मतदातासँग अपिल गर्दै आजदेखि करिब १५ दिनसम्म विशेष प्राथमिकतासहित घरदैलो अभियान सञ्चालन गर्ने जानकारी दिएका छन्। घोषणापत्र केवल प्रतिबद्धतामा सीमित नराखी, जनताले बहुमत मतसहित संसदमा प्रतिनिधि बनाएमा कार्यान्वयनमै केन्द्रित भएर अघि बढ्ने उनले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

स्वतन्त्र उम्मेदवार अमिक परियारद्वारा २८ बुँदे घोषणापत्र सार्वजनिक, ‘सुशासन, विकास र पारदर्शिता’ मूल नारा

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.