मकवानपुरको इन्द्रसरोवरमा केमिकल बोकेको ट्रक दुर्घटना, चालक सुरक्षित

हेटौँडा, फागुन ६ गते । बुधबार बिहान करिब ५ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासे स्थित हेटौँडा–भिमफेदी–काठमाडौँ सडकखण्डमा केमिकल बोकेको ट्रक दुर्घटनामा परेको छ। बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र–०३–००२ ख ४२९२ नम्बरको ट्रक गति अनियन्त्रित भई सडकको बाँया साइडबाट करिब ५–७ मिटर तल खस्दा दुर्घटना भएको हो।

दुर्घटनामा ट्रक पूर्ण रूपमा क्षति भएको छ भने चालक काठमाडौँ महानगरपालिका–१ निवासी २६ वर्षीय किरण चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि सडकमा केही समय सवारी आवागमन प्रभावित भए पनि हाल अवस्था सामान्य बन्दै गएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.