२०८२ फाल्गुन ६, बुधबार २३:२९
२०८२ फाल्गुन ६, बुधबार २३:२९
काठमाडौँ, फागुन ६ गते । नेत्रहीन युवा संघ नेपालका देशभर रहेका १० वटा शाखाहरूमध्ये 'फन्डेड फर यूथ लिडरसिप' परियोजनाका लागि छनोट भएका तीन जिल्लामा नेतृत्व विकास कार्यक्रमले तीव्रता पाएको छ। काठमाडौँ, झापा र चितवन शाखालाई लक्षित गरी सञ्चालित यस विशेष परियोजना अन्तर्गत अहिले काठमाडौँमा तीन दिने प्रशिक्षण सुरु भएको छ। नेत्रहीन युवा संघ नेपाल, उपत्यका शाखाको आयोजनामा सुरु भएको यस कार्यक्रमले अपाङ्गता भएका युवाहरूलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहमा पुर्याउँदै आफ्ना हक र अधिकारका लागि आफैँ आवाज उठाउन सक्षम बनाउने दीर्घकालीन लक्ष्य राखेको छ। यस प्रशिक्षणमा विभिन्न प्रकृतिका अपाङ्गता भएका १९ जना युवाहरूको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूमध्ये १०…