रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

काठमाडौँ, फागुन १२ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा सोही प्रकृतिका राजनीतिक समूहहरूलाई निषेध गर्नु अनिवार्य रहेको बताएका छन्। उनले लोकतन्त्रको नाममा घोटालावाजी र राज्यको अस्तित्व माथि खतरा निम्त्याउने समूहलाई छुट दिँदा दीर्घकालीन रूपमा राष्ट्रकै सार्वभौमिकतामा असर पर्ने चेतावनी दिएका हुन्।

आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा मोक्तानले विश्वका लोकतान्त्रिक मुलुकहरूमा समेत लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध उभिने दल तथा समूहहरूमाथि कडा प्रतिबन्ध लगाइएको उदाहरण प्रस्तुत गरेका छन्। उनका अनुसार जर्मनी तथा युरोप का विभिन्न मुलुकहरूले नाजी पार्टी र कम्युनिष्ट पार्टीहरू माथि प्रतिबन्ध लगाएको इतिहास छ।

त्यस्तै, थाईल्याण्ड, सिङ्गापुर, बंगलादेश र पाकिस्तान जस्ता मुलुकहरूले पनि लोकतान्त्रिक व्यवस्था कायम राख्दै राज्यविरोधी गतिविधिमा संलग्न दल तथा समूहहरूमाथि कानुनी कारबाही र प्रतिबन्ध लगाएको उनले उल्लेख गरेका छन्।

नेपालमा यस्ता कदम नचालिए भविष्यमा पछुताउनु बाहेक विकल्प नहुने भन्दै मोक्तानले समयमै सचेत हुन सबैलाई आग्रह गरेका छन्। उनका भनाइमा लोकतन्त्र स्वतन्त्रताको नाममा अराजकता सहनु होइन, बरु संविधान, कानून र राष्ट्रिय हितको संरक्षण गर्नु हो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.