तीनपाटन–५ मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सिन्धुली, चैत्र ५ गते । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सिन्धुलीको तीनपाटन गाउँपालिका–५ स्थित मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

श्री माध्यमिक विद्यालय मझुवादोभानको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा आज आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा सांस्कृतिक विधा समेटिएको थियो। कार्यक्रममा कुल १० वटा विभिन्न प्रतियोगिताहरू सञ्चालन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। खेलकुद तथा सांस्कृतिक गतिविधिहरू मार्फत बालबालिकामा प्रतिभा प्रस्फुटन गराउने, स्वास्थ्यप्रति सचेतना बढाउने तथा सामाजिक एकता मजबुत बनाउने उद्देश्य राखिएको आयोजक पक्षले बताएको छ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सिल्ड तथा मेडल प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा सर्वसाधारणको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

यस प्रकारका कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक तथा सांस्कृतिक विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

तीनपाटन–५ मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

तीनपाटन–५ मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

तीनपाटन–५ मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

तीनपाटन–५ मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

तीनपाटन–५ मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

तीनपाटन–५ मझुवादोभानमा वडास्तरीय बालबालिका खेलकुद तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.