झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

झापा, चैत १० गते । भद्रपुर नगरपालिका–८ मा करिब ७५–८० वर्षकी एक अपाङ्ग वृद्ध आमामाथि आफ्नै छोराले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। बैसाखीको सहारामा हिँड्न बाध्य ती वृद्धामाथि लामो समयदेखि दुर्व्यवहार हुँदै आएको स्थानीयवासीले बताएका छन्।

स्थानीयका अनुसार यो घटना एकपटक मात्र नभई करिब दुई वर्षदेखि निरन्तर दोहोरिँदै आएको हो। पछिल्लो घटनाका क्रममा कुटपिट भइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर घटनास्थलमा पुगेका प्रहरीले “घरायसी मामला” भन्दै कुनै ठोस कारबाही नगरी फर्किएको आरोप लगाइएको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ती वृद्ध आमाले आफ्नै छोराले कुटपिट गरेको स्पष्ट रूपमा बताएको सुन्न सकिन्छ। उक्त घटनाले स्थानीय समुदायमा आक्रोश बढाएको छ भने दोषीमाथि कडा कारबाही गर्न माग उठिरहेको छ।

मानवअधिकारकर्मी तथा स्थानीय बासिन्दाहरूले यस्तो अमानवीय व्यवहारलाई सामान्य ‘घरायसी विवाद’का रूपमा लिन नमिल्ने भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। उनीहरूले पीडित वृद्धाको सुरक्षा सुनिश्चित गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.