उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङको स्पष्टिकरण: “मन्त्री बन्ने कुनै छलफल भएको छैन”

काठमाडौँ, चैत ११ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू नयाँ बन्न लागेको सरकारमा सहभागी हुने भन्ने विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

घिसिङले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने उल्लेख गरेका छन्। उनले जनताबाट प्राप्त जनादेशविपरीत कुनै वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न नसकिने बताएका छन्।

उनका अनुसार हालसम्म सरकारमा सहभागिताबारे कसैसँग कुनै पनि प्रकारको छलफल नभएको स्पष्ट छ। “हामी चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिक्ने र उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौं,” उनले भनेका छन्।

घिसिङले सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति आफ्नो पार्टीको प्रतिबद्धता अटल रहेको उल्लेख गर्दै आफ्ना विरुद्ध फैलाइएका गलत प्रचारप्रति भ्रममा नपर्न सर्वसाधारणलाई अनुरोध गरेका छन्।

हाल सामाजिक सञ्जालमा उनी सरकारमा जाने वा मन्त्री बन्ने सम्भावनाबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले यस्तो स्पष्टिकरण दिएका हुन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.