दाङ घोराहीको प्रेमकथा समेटिएको ‘बस्ने भो पिरती दोहोरै’ सार्वजनिक

काठमाडौँ, चैत २२ गते । लोकप्रिय गायक रामजी खाँड र गायिका बिन्दु परियारको स्वरमा सजिएको नयाँ दोहोरी गीत ‘बस्ने भो पिरती दोहोरै’को अफिसियल भिडियो सार्वजनिक गरिएको छ। उक्त भिडियो भरत डीसीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

भरत डीसीको शब्द तथा खेमराज गौत्तमको लयमा तयार भएको यस गीतले परम्परागत दोहोरी शैलीलाई आधुनिक प्रस्तुतीसँग आकर्षक रूपमा मिश्रण गरेको छ। गीतमा प्रेमील जोडीबीचको भावनात्मक सम्बन्ध, भेटघाटको चाहना र प्रतीक्षाको मिठासलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।

गीतको कथावस्तु अनुसार, प्रेमिकाले दाङ घोराहीमा बोलाएपछि प्रेमी उनीसँग भेट्न आतुर देखिन्छन् भने प्रेमिका पनि आफ्नो प्रिय व्यक्तिको प्रतीक्षामा व्याकुल रहेको भाव गीतमार्फत व्यक्त गरिएको छ। यसले ग्रामीण परिवेशसँगै आधुनिक भावनालाई जोड्दै दर्शक तथा श्रोतामाझ विशेष आकर्षण सिर्जना गरेको छ।

बुद्ध थापाको छायांकन, राजकुमार मगरको सम्पादन तथा मुकेश नेपालीको निर्देशन र कोरियोग्राफीमा तयार भएको भिडियोमा कलाकार विजय पुन र सञ्चिता बोलाखेको अभिनय देख्न सकिन्छ। उनीहरूको अभिनयले गीतको भावलाई अझ जीवन्त बनाएको छ।

‘बस्ने भो पिरती दोहोरै’ ले नेपाली दोहोरी संगीतमा प्रेम र प्रतीक्षाको कथालाई नयाँ ढंगले प्रस्तुत गर्दै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.